आज वरुण ग्रह राशि परिवर्तन गरेर मकर राशिमा प्रवेश गर्दैछ । यस ग्रह आज दिउँसो १२.३५ बजे मकर राशिमा उल्टो चालमा फर्किनेछ। र यस राशिमा वरुण ग्रह अक्टोबर ८ सम्म यस राशिमा रहनेछ । वरुण ग्रहको यस राशि परिवर्तनले धरै राशिलाई शुभ तथा शुभ असर गर्ने भएको छ । यस ग्रहको राशि परिवर्तनको कारण कुन-कुन राशिलाई शुभ हुने जान्नुहोस् ।
सिंह राशि
सिंह राशिको छैठौँ घरमा वरुण ग्रहको राशि परिवर्तन हुनेछ। यस अवधिमा सिंह राशिका व्यक्तिले पुरानो रोगबाट छुटकारा पाउने छन् । ऋणबाट पनि मुक्ति पाउन सकिन्छ । रोजगारीका लागि यो समय अनुकूल रहनेछ। यात्राबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसायीका लागि पनि समय राम्रो छ ।
वृश्चिक राशि
यस राशिका व्यक्तिहरूलाई काममा राम्रो अवसर मिल्नेछ। आर्थिक अवस्था पहिले भन्दा सकारात्मक सुधार हुनेछ। केही प्रभावशाली व्यक्तिको सम्पर्कमा आउन सक्नेछ । जसले तपाईलाई करियर जीवनमा फाइदा पु-र्याउँछ। भाग्य बलियो हुनेछ। यस अवधिमा धनको अभाव कम हुनेछ ।
धनु राशि
यस समयमा धनु राशिका व्यक्तिले काममा धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ, तर सबै चुनौतीहरूलाई पार गरी सफलता हासिल गर्न सकिनेछ। धन आर्जनमा पनि सफलता मिल्नेछ । अचानक धन प्राप्तिको सम्भावना छ ।
मेष राशि
यस समयमा मेष राशिका व्यक्तिलाई आफ्नो करियरमा गरेका गल्तीहरू बुझ्ने मौका मिल्नेछ। जागिर वा व्यवसायमा कुनै प्रकारको समस्या छ भने त्यसबाट छुटकारा पाउन सकिनेछ । करियरमा बिस्तारै आफ्नो पक्षमा चीजहरू परिवर्तन हुनेछन्। समग्रमा मेष राशिका लागि यो समय राम्रो रहनेछ।