आज ‘महापरिवर्तन’ हुँदै, शनि कुम्भ राशिमा प्रवेश: ३ राशिको भाग्य बदलिँदै !

शनिको राशि परिवर्तनलाई ज्योतिष शास्त्रमा ठूलो परिवर्तन मानिन्छ किन भने शनि ग्रह अन्य ग्रह भन्दा सुस्त गतिमा चल्ने ग्रह हो। शनिले साढे दुई वर्षमा राशि एक पटक परिवर्तन गर्छ। आज अर्थात् २९ अप्रिलमा शनिले आफ्नै राशि मकर राशि छोडेर आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्न लागेको छ ।करिब  ३० वर्षपछि शनि आफ्नो राशि कुम्भमा विराजमान हुन् लागेको हो । यस राशि परिवर्तनले १२ राशिका व्यक्तिलाई शुभ तथा अशुभ प्रभाव पर्ने गर्दछ । त्यस्तै शनिको यस राशि परिवर्तन ३ राशिका लागि भाग्यशाली साबित हुनेछ, कुन-कुन ?

विक्रम संवत २०७९ का राजा पनि हुन् शनि हुन्। किनकि यस वर्ष शनिले राशि परिवर्तन लागेका छन् । शनि देव  ३० वर्षपछि आफ्नै राशिमा प्रवेश गर्दा १२ राशि मात्र नभई देश र विश्वलाई असर गर्नेछ। ठगी, अन्याय, कुप्रथा र भ्रष्टाचार गर्ने यस्ता व्यक्तिका लागि यो वर्ष अदालत, जेलको बाटो देखाउन सक्छ । यसबाहेक मुद्रास्फीति पनि बढ्ने अनुमान गरिएको छ । न्यायिक प्रक्रियामा ठूलो परिवर्तन आउन सक्छ। शनि ३० वर्षपछि आफ्नै राशिमा प्रवेश गर्दा  ३ राशिलाई अत्यन्तै शुभ हुने भएको छ । कुन-कुन  ?

मेष राशि

मेष राशिका लागि यो राशि परिवर्तनले धेरै प्रगति, धन र मान सम्मान ल्याउनेछ। पुराना मनोकामना पुरा हुनेछन् । नयाँ कामको थालनी गर्ने समय राम्रो छ । सन्तान प्राप्तिको सम्भावना छ । व्यवसायीका लागि पनि समय राम्रो रहनेछ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला।

वृष राशि

शनिको राशि परिवर्तनको कारण वृष राशिको लागि राजयोग सृजना हुनेछ। यस समयमा मिथुन राशिको करियरमा भाग्योदय हुनेछ भन्न सकिन्छ। उल्लेखनीय प्रगति हुनेछ, आम्दानीमा ठूलो वृद्धि हुनेछ। धेरै मान सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। साथै खर्च पनि बढ्नेछ ।

मिथुन राशि

शनिको राशि परिवर्तनको कारण मिथुन राशिको स्वास्थ्यमा सुधार ल्याउनेछ। जुनसुकै पुरानो रोगबाट मुक्ति मिल्नेछ। हरेक काममा भाग्यले साथ दिनेछ । कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ । नयाँ काम पाउन सकिनेछ । बुबासँग अनावश्यक झगडा हुनसक्छ ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्र देव राशि परिवर्तन गरेर मीन राशिमा प्रवेश, अबको २५ दिन यी राशिलाई हुनेछ शुभै-शुभ !