बैशाख १४ गतेको राशिफल : बुधबार ७ राशिका लागि भाग्यशाली, ५ राशि रहनुस् सावधान

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०७९ बैशाख १४ गते बुधबार हो। बुधबार बैशाख महिनाको कृष्णपक्षको द्वादशी तिथि हो।

बुधबारको दिन भगवान श्रीगणेशलाई समर्पित हुन्छ। यसैकारण बुधबारको दिन भगवान श्रीगणेशको विधि-विधानपूर्वक पूजा-आराधना गरिन्छ। बुधबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

बैशाख १४ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – बुधबार(Wednesday)।।। नक्षत्र – पूर्वभाद्रपदा , १८:३४ बजे उप्रान्त उत्तरभाद्रपदा ।।। तिथि – द्वादशी , २५:३६ बजे उप्रान्त त्रयोदशी ।।। करण –कौलव १४:०२ बजेदेखि तैतिल , २५:३६ बजे उप्रान्त भद्रा ।।। योग – ऐन्द्र , १९:११ बजे उप्रान्त वैधृति ।।। बैशाख १४, २०७९, बुधबार ।।। २७ अप्रिल, सन् २०२२ ।।। द्वादशी, वैशाख कृष्णपक्ष ।।। चौलागा, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ५: ३० ।।। सूर्यास्त(sunrise) – १८:३४ ।।। कार्यक्रम : – वैष्णावानां वरुथिनी एकादशी व्रत ।।। शुभ साइत : रुद्री गर्ने साइत, होम गर्ने साइत, विवाह गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको शारीरिक स्वास्थ्य राम्रो रहनुको साथै मानसिक प्रसन्नता बनिरहनेछ। काल्पनिक दुनियामा हराई रहनुहुन्छ। साहित्यकलाको क्षेत्रमा  आफ्नो सिर्जनात्म्कता प्रस्तुत गर्नुहुनेछ। दैनिक कार्यमा अवरोध आउला। व्यवसायिक क्षेत्रमा उच्च अधिकारीसँग वाद-विवाद नहोस् यस कुराको ध्यान दिनुहोला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाईले बोली र व्यवहारमा विशेष ध्यान राख्नुपर्ने हुन्छ। जलाशयबाट टाढा रहनुहोला। जग्गा तथा सम्पत्तिको पत्रमा  सही छाप लगाउनु अघि ध्यान दिनुहोला। मध्यान्नपछि परिस्थितिमा सुधार हुनेछ। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको दिन सुख-शान्तिपुर्वक बित्नेछ। मध्यान्न पछि नकरात्मक विचारलाई मनमा आउन नदिनुहोला। समयमा भोजन मिल्नेछैन। तपाई केहि अधिक नै भावुक रहनुहुन्छ। भाईबहिनीबाट विशेष लाभ होला।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको दिन लाभदायक रहला। परिवारको तर्फबाट विशेष लाभ होला। बोलीको सुन्दर शैलीले  कार्य सरल तरिकाले सम्पन्न हुनेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहला। मध्यान्नपछि यात्रा वा पर्यटनको आयोजन गर्न सक्नुहुन्छ। मन प्रसन्न रहनाले आनन्द बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

वैवाहिक जीवनमा मेलमिलाप बनिरहला। बोलीमा उग्रता कम गर्नुहोला।  तपाईको अधिक खर्च हुने योग छ। टाढा स्थित विदेशी आफन्त वा  मित्रबाट विशेष लाभ प्राप्त होला। ठुला व्यक्तिबाट लाभ मिल्न सक्ने योग छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनलाई भावनाको प्रवाहमा अधिक बहन नदिनुहोला। कसैसँग उग्र चर्चा र झगडामा नपर्नुहोला। पारिवारिक सदस्यसँग मतभेद नहोस् यस कुराको ध्यान दिनुहोला। आम्दानीभन्दा धेरै खर्च हुन सक्छ। पिता र ठुला व्यक्तिको सहयोग मिल्दा चिन्ताको भार कम हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

नयाँ कामको प्रारम्भ नगर्नुहोला। तपाईको मन वैचारिक स्तरमा अट्किरहनेछ। जसकारण दृढ मनोबल कम होला। मित्रवर्गबाट विशेष लाभ होला। चिन्ताले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। बोली र व्यवहारमा ध्यान राख्नुहोला।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यवसायिक क्षेत्रमा तपाईको कार्यको प्रशंसा हुनेछ।  कार्य निकै सरलताका साथ पूरा होला। घरायसी जीवनमा मधुरता रहनेछ। मध्यान्नपछि मित्रबाट लाभ होला। दिनभरि वैचारिक स्तरमा अनिश्चितताको वातावरण रहनाले कुनै निश्चित निर्णय लिन सक्नु हुनेछैन।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यवसायिक क्षेत्रमा ढिलाई वा विवाद हुन सक्ला। मध्यान्नपछि कार्यालयको वातावरणमा केहि सुधार हुनेछ। पिताको तर्फबाट लाभ मिल्नेछ। साथै स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक यात्रा वा पर्यटनको योग छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

बिरामीमा खर्च हुनेछ। आकस्मिक धन खर्च हुन सक्छ।  पारिवारिक सदस्यसँग उग्र बहस नहोस् यस कुराको ध्यान दिनुहोला। बाहिरको खानपिनलाई सकेसम्म टाल्नुहोला। निरर्थक वाद-विवाद वा चर्चाबाट टाढा रहनुहोला।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

वैवाहिक जीवनमा मन दु: ख हुने प्रसंग बन्नेछ। विधार्थीको विद्याभ्यासमा प्रदर्शन राम्रो रहनेछ। दैनिक कार्यमा केहि ढिलाई हुन सक्ला। व्यवसायिक स्थलमा उच्च अधिकारीसँग वाद-विवाद टाल्नुहोला।  घरायसी वातावरण शान्तिमय रहला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

तपाईको दिन मध्यम फलदायी रहनेछ। पारिवारिक सदस्यसँग मेलमिलापको प्रसंग बन्नेछ। दैनिक काममा विलम्ब हुन सक्ला। जीवनसाथीसँग मनमुटाव हुन सक्ला। जीवनसाथीको स्वास्थ्यको चिन्ता बनिरहनेछ। सामाजिक क्षेत्रमा प्रसिद्दि प्राप्त होला।

प्रकाशित : मङ्गलबार, बैशाख १३, २०७९२०:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अबको २० दिनसम्म मंगल देवको राशिमा रहनेछन् सूर्य देवको, ३ राशिलाई हुनेछ शुभै-शुभ !