ज्योतिष शास्त्रको अनुसार हरेक ग्रहले आफ्नो निश्चित समयमा राशि परिवर्तन गर्ने गर्दछ । जब जुनै ग्रहले राशि परिवर्तन गर्दछ त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्छ । ग्रहहरुको राजा सूर्यले १४ अप्रिलमा राशि परिवर्तन गरेर मेष राशिमा विराजमान छन् । सूर्य सय स्थितिमा मे १४ तारिकसम्म रहने छन् ।
ज्योतिष शास्त्रमा सूर्यलाई शक्ति, साहस र सम्मानको कारक ग्रह मानिन्छ। सूर्यको राशि परिवर्तनले सबै १२ राशिलाई शुभ तथा अशुभ असर गर्नेछ। तर सूर्यको राशि परिवर्तनले ३ राशिलाई भने निकै शुभ हुने भएको छ ।
मिथुन राशि
मिथुन राशिका लागि सूर्यको राशि परिवर्तन निकै लाभदायी साबित हुनेछ। सूर्य देव मिथुन राशिको ११ औँ घरमा प्रवेश गर्दै हुनुहुन्छ। जसलाई आम्दानीको घर पनि भनिन्छ । तसर्थ, यस समयमा मिथुन राशिका व्यक्तिको आम्दानी बढ्न सक्छ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। व्यापारीहरूसँग नयाँ सम्बन्ध बन्नेछ, जुन भविष्यमा लाभदायक हुनेछ।
कर्कट राशि
सूर्यको राशि परिवर्तन कर्कट राशिका लागि शुभ रहनेछ। सूर्य देव यस राशि परिवर्तनमा कर्कट राशिको दशौं घरमा प्रवेश गरेका छन्। जसलाई काम र करियरको स्थान पनि भनिन्छ। यस समयमा कर्कट राशिका मानिसलाई नयाँ कामको प्रस्ताव आउन सक्छ। व्यापारमा संलग्न व्यक्तिले धन कमाउन सक्छन्। कार्यशैलीमा सुधार आउन सक्छ । कार्यस्थलमा कामको प्रशंसा हुनेछ।
मीन राशि
मीन राशिका व्यक्तिहरूले यस सूर्यको राशि परिवर्तनको समयमा शुभ समाचार पाउने छन् । सूर्य देव मीन राशिको दोस्रो घरमा प्रवेश गरेका छन्। जसलाई बोली र धनको भाव भनिन्छ। तसर्थ, यस समयमा मीन राशिका व्यक्तिलाई अचानक आर्थिक लाभको मौका मिल्नेछ। लामो समयदेखि रोकिएको धन प्राप्त हुनेछ। जागिर गर्नेलाई पदोन्नति मिल्नेछ । अविवाहितको विवाह तय हुन सक्छ।