काठमाडौँ : बुध ग्रहलाई ग्रहहरुका राजकुमार ग्रह मानिन्छ। अन्य सबै ग्रहहरूको तुलनामा बुध ग्रह सूर्यको सबैभन्दा नजिक छ। बुधले बैशाख १२ गते(२५ अप्रिल सन् २०२२) सोमबार वृष राशिमा प्रवेश गरेको छ। बुध ग्रहले व्यक्तिमा बुद्धि, ज्ञान र हास्यको प्रतिनिधित्व गर्दछ। बुधलाई धेरै अवस्थामा लाभदायक ग्रह मानिन्छ। जुन जातकको जन्मकुण्डलीमा बुधको स्थिति मजबूत हुन्छन, उनीहरु ज्ञानी, बुद्धिमानी र तेजस्वी बन्छन्।
बुध वृष राशिमा बैशाख १२ गतेदेखि असार १८ गतेसम्म रहनेछ। त्यसपछि बुध मिथुन राशिमा प्रवेश गर्नेछ। वृष राशिलाई शुक्रदेवको राशि मानिन्छ। यस्तो अवस्थामा यस राशिमा बुधको गोचर कतिपय राशिका लागि निकै सकारात्मक साबित हुनेछ भने कतिपयले यस समयमा कठिनाइ र समस्याको सामना गर्नुपर्नेछ।
यी राशिका व्यक्तिले आउँदो २ महिनासम्म सावधानी अपनाउनुपर्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो समय तपाईका लागि निकै उतारचढावपूर्ण रहनेछ। यस अवधिमा व्यवसायिक जीवनमा धेरै समस्याहरू सामना गर्नुपर्नेछ। व्यापार-व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले यस अवधिमा हरेक काम सोचविचार गरेर गर्नुपर्छ। चिन्ता झन् बढ्नेछ। यस अवधिमा कुनै पनि नयाँ कामको सुरुवात नगर्नुहोस्। व्यक्तिगत जीवनमा पनि शान्त र नियन्त्रणमा रहनुहोस्। खर्च नियन्त्रण गर्ने प्रयास गर्नुहोस्।
उपाय : – चोर औंलामा हरियो रत्न धारण गर्नुहोस्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यो समय तपाईको जीवनमा उतारचढावले भरिपूर्ण रहनेछ। शङ्का-उपशङ्का र भ्रमको खेती हुनाले सम्बन्धमा दूरी आउनेछ। ठूलाबडासँग वादविवाद नगरेकै उपयुक्त हुनेछ। यस अवधिमा तपाईलाई भाग्यले साथ दिनेछैन्। आर्थिक नोक्सानी ब्होर्नुपर्नेछ। स्वास्थ्यको हिसाबले कुनै पनि तनाव नलिन सल्लाह दिइन्छ।
उपाय : – बुध ग्रहको बीज मन्त्र प्रतिदिन १०८ पटक जप गर्नुहोस्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यो गोचरका कारण तपाईले आफ्नो जीवनमा उतारचढावको सामना गर्नुपर्ने हुन् सक्छ। यस अवधिमा तपाईले आफ्नो काममा ध्यान केन्द्रित गर्न धेरै कठिनाइहरूको सामना गर्नुपर्नेछ। यो समयमा थप मेहनत गर्नुपर्नेछ। पानीमा खेलिने खेल खेल्दा या पौडी खेल्दा विशेष सावधानी अपनाउनुहोस्। यस गोचरको अवधिमा तपाईलाई चोटपटक लाग्न सक्छ अथवा दुर्घटना हुन् सक्छ। रुघाखोकी र ज्वरोले केही समय तपाईलाई गलाउनेछ।
उपाय- स्वच्छतामा ध्यान राख्नुहोस्।