चाणक्य नीतिमा केही यस्ता कुराको उल्लेख गरिएको छ, जुन तपाईको जीवनमा निकै उपयोगी हुनेछ । यी कुरालाई जीवनमा पालना गरेमा मानिसले इज्जत पनि पाउँछ र जीवन पनि राम्रो हुन्छ । चाणक्य नीतिमा सफलता-समृद्धि-सुख प्राप्त गर्ने टिप्स दिनुका साथै केही कुराहरूबारे पनि सचेत गराइएको छ। आज हामी यस्तै एउटा महत्त्वपूर्ण कुराको बारेमा बताउने छौ जसबाट हामी बच्नु पर्दछ ।
यस्ता कार्य गर्नबाट बच्नुहोस्
आचार्य चाणक्यका अनुसार गरेका मानिसको जीवनमा दु:ख हुने बताउनुहुन्छ । जिन्दगीमा उतारचढाव आउनु सामान्य कुरा हो तर जो मान्छे सधैँ आफ्नो दुखमा रुन्छन्, कहिले खुसी हुन सक्दैनन् । चाणक्य नीति भन्छन्, यस्ता मानिसको जीवनको ढोकामा सुख आउँछ र फर्कन्छ ।
आफ्नो दु:ख बारम्बार बताउनुले मानिसहरूलाई धेरै तरिकाबाट चोट पुग्छ। यही कारणले गर्दा मानिसहरु तपाईलाई टाढिन थाल्छन् । त्यसैले आफ्नो दु:ख कसैलाई सुनाउँदा पीडा कम हुदैन तर मान्छेले मजाक गर्न थाल्छन्।
चाणक्य नीतिमा भनिएको छ तपाईलाई केही दुःखले घेरिएको भए पनि आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोस्। जीवनमा दु:ख छ भने सुख अवश्य आउँछ। त्यसैले यो दुःखको घडीलाई दृढतापूर्वक सामना गर्नु र जीवनलाई राम्रो बनाउनको लागि काम गर्नु राम्रो हुनेछ। धैर्य गर्नुहोस्, राम्रो समय पक्कै आउनेछ।
अन्यथा, यदि तपाई नकारात्मकताले घेरिएको छ भने, तपाईले जीवनमा भएका सकारात्मक चीजहरू देख्न सक्नुहुन्न। यस्तो अवस्थामा तपाइको जीवनमा पहिले देखि नै रहेका राम्रा कुराहरूबाट पनि वञ्चित हुनेछ।