काठमाडौँ : ज्योतिष शास्त्रले जसरी जन्मकुण्डलीबाट ग्रहहरुको विश्लेषण गरी मानिसको व्यक्तित्वबारे पत्ता लगाउँछ त्यसैगरी सामुद्रिक शास्त्रले पनि मानिसको अनुहारको आकार र बनावटको आधारमा त्यस मानिसको व्यक्तित्वबारे पत्ता लगाउँछ। तीमध्ये एक तरिका शरीरका अङ्गहरुमा रहेको कोठी पनि हो, जसब्त मानिसको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। कोठी कालो, रातो र खैरो रङ्गका हुन्छन्। तीमध्ये कालो कोठी सबैभन्दा बढी मानिसहरुका शरीरमा पाइन्छ। कोठी शुभ छ या अशुभ छ, यसबारे कोठीको स्थानबाट पत्ता लगाइन्छ। त्यसैले आज हामी तपाईलाई अनुहारमा हुने शुभ कोठीका बारेमा बताउँछौँ।
यदि कसैको दायाँ गालामा कोठी छ भने त्यो व्यक्ति बुद्धिमान् हुन्छ र जीवनको हरेक क्षेत्रमा प्रगति गर्छन्। यदि कसैको दाहिने आँखा मुनि कोठी छ भने यस्ता व्यक्तिको जीवन खुसीसाथ बित्छ। यसका साथै यस्ता व्यक्तिहरु रोमान्टिक पनि हुन्छन् र आफ्नो जीवनसाथीलाई हरेक परिस्थितिमा साथ दिन्छन्। यससँगै उनीहरु आफ्नो जीवनसाथीसँग काँधमा काँध मिलाएर हिड्छन्। यसका साथै यी मानिसहरु भाग्यमानी पनि हुन्छन्।
जसको ओठमाथि देव्रेतिर कोठी हुन्छ, ती मानिसहरुको उदारताको कारण घर-परिवारमा सुख-समृद्धिको वातावरण रहन्छ। साथै निधारको बीचमा कोठी मानिसहरु निकै भाग्यमानी हुन्छन्। यिनको आर्थिक स्थिति निकै मजबूत हुन्छ। जुन व्यक्तिको दाहिने कानमा कोठी हुन्छ, उनीहरु कम उमेरमै धनी हुन्छन्। यसका साथै यी व्यक्तिहरुले समाजमा आफ्नो अलग पहिचान बनाउँछन्।
सामुद्रिक शास्त्र अनुसार नाकको देव्रेतर्फ कोठी छ भने ती व्यक्तिहरुले आफ्नो मेहनतले जीवनमा सफलता हासिल गर्छन्। यदि आँखी भौंहरुको बीचमा कोठी छ भने उक्त व्यक्तिको आयु लामो हुन्छ। यस्ता मानिसहरुका दिल ठूलो हुन्छ। यस्ता मानिसहरुमा परोपकारको भावना उच्च हुन्छ। यसका साथसाथै यी मानिसहरु विलासी जीवन बिताउन मन पराउँछन्।
सामुद्रिक शास्त्र अनुसार अनुहारको दाहिने भागमा रातो या कालो रङ्गको कोठी छ भने यस्ता व्यक्तिहरुले जीवनमा सबै भौतिक सुख-सुविधाहरु प्राप्त गर्छन्। योसँगै यिनीहरुको आर्थिक अवस्था पनि राम्रो हुन्छ। त्यस्तै यदि देव्रे गालामा कोठी छ भने गृहस्थ जीवन सुखमय रहन्छ। यस्ता व्यक्तिलाई जीवनमा कहिल्यै पैसाको कमी हुँदैन्।