हिन्दू धर्मको अनुसार हरेक महिनामा एक पटक आउने कालाष्टमी व्रतको विशेष महत्त्व रहेको छ । यस व्रतमा भगवान शिवको स्वरूप कालभैरवको पूजा गर्ने प्रचलन रहेको छ । यो व्रत हरेक महिना कृष्ण पक्षको अष्टमीका दिन बस्ने गरिन्छ । कालाष्टमीको पूजा गर्नाले शत्रु, भय र दुर्भाग्य हट्छ र सौभाग्य प्राप्त हुन्छ ।
कालभैरवको पूजा गर्नाले अकाल मृत्युको भयबाट पनि मुक्ति मिल्छ । परिवारमा सुख, शान्ति र आरोग्य प्राप्ति हुन्छ । साथै कालभैरवको पूजा गर्नाले रोग, दोष, भयबाट मुक्ति मिल्छ ।
कालभैरवको पूजा–आराधना गर्नाले सबै मनोकामना पूरा हुन्छ । भगवान काल भैरवको हातमा त्रिशूल, तरवार र लठ्ठी भएकाले उनलाई दंडपाणि पनि भनिन्छ । यस व्रतमा श्री भैरव चालिसाको पाठ गर्नुको साथै भैरवको मन्दिरमा गएर सिँदूर, तोरीको तेल, नरिवल, चना, पु, जलेबी चढाएर भक्तिपूर्वक पूजा गर्नु पर्दछ।
भगवान भैरवको मन्दिरमा तोरीको तेलको दियो बाल्नुहोस् र श्रीकालभैरवष्टकम् पाठ गर्नुहोस्। कालाष्टमीको दिनदेखि ४० दिनसम्म निरन्तर कालभैरवको दर्शन गर्दा भगवान भैरव प्रसन्न हुने मान्यता रहेको छ । यस व्रतको दिनमा कालो कुकुरलाई खान खुवाउनु शुभ मानिन्छ । व्रतको दिन साँझको आरती पछि फलफूल खानुहोस्। भोलिपल्ट बिहान नुहाएर पूजा गरेपछि मात्र व्रत तोड्ने प्रचलन रहेको छ ।