के तपाईको परिवार, व्यापार र करियरमा शत्रुको खराब नजर परेको त छैन् ? यस्तो छ बच्ने ज्योतिषीय उपाय

काठमाडौँ : खराब या दुष्ट नजर कुनै धर्मसँग सम्बन्धित हुँदैन्। हरेक धर्मका मानिसहरु नराम्रो नजर जोकोहीँलाई पनि लाग्ने विश्वास गर्छन्। नराम्रो नजर लाग्ने कुनै उमेर सीमा छैन्। यो बच्चादेखि वृद्धसम्मलाई लाग्न सक्छ। यसबाहेक कसैको व्यापार, परिवार, करियर र सम्बन्धमा पनि नराम्रो नजर पर्न सक्छ।

नराम्रो नजरबाट ग्रसित मानिसको जीवनमा धेरै समस्याहरु आउँन थाल्छ। बढ्दै गरेको व्यापार अचानक घाटामा जान थाल्छ, परिवारमा कलह सुरु हुन्छ। करियरमा असफलता हात लाग्छ र सम्बन्धमा खटास र मनमुटाव बढ्न थाल्छ। नराम्रो नजरबाट बच्ने मान्छे अनुसार अनेक उपायहरु छन्।

ज्योतिषाचार्यका अनुसार राहु र चन्द्रको अशुभ प्रभावलाई नै नजर लाग्नु भनिन्छ। नजर लाग्नुलाई एक किसिमको दोष मानिन्छ। यसलाई हटाउन केही अचूक उपायहरू प्रभावकारी साबित हुन्छन्।

शास्त्र अनुसार व्यापारमा घाटा भईरहेको छ, काममा झगडा भईरहन्छ भने तपाईले आफ्नो तौल बराबर कच्चा कोइला लिएर जल प्रवाह गर्नुहोस्। अवश्य लाभ हुनेछ।

यदि तपाईको बच्चालाई नजर लागेको छ भने एउटा सुकेको खुर्सानी लिनुहोस् र त्यसलाई बच्चाको टाउको माथि सात पटक घुमाएर खुर्सानी पोल्नुहोस्। खुर्सानी जलेर खरानी नभएरसम्म पछाडी फर्केर नहेर्नुहोस्। यसबाहेक दुइटा सुकेका राता खुर्सानी, थोरै नुन, तोरीको दाना लिएर पहिलेझैँ तीन पटक घुमाउनुहोस् र पोल्नुहोस्।

ज्योतिष शास्त्र अनुसार व्यापारमा लाभ लिनको लागि शुक्रबार राति डेढ किलो कालो चना भिजाउनुहोस्। भोलिपल्ट शनिबार चनालाई तोरीको तेलमा पकाउनुहोस्। त्यसलाई तीन भाग गरेर एक भाग घोडा या भैँसीलाई, दोस्रो भाग कुष्ठ रोगी र तेस्रो भाग आफ्नो शिरमा घडीको उल्टो दिशातिर तीन पटक घुमाई त्यसलाई कुनै खाली ठाउँमा राख्नुहोस्। यस्तो करिब ४० दिनसम्म गर्नुहोस्। व्यापारमा लाभ मिल्न सक्छ।

यदि तपाईको व्यापार-व्यवसाय राम्रोसँग चलिरहेको थियो तर अचानक ठप्प भयो भने अफिस या पसलमा चारवटा फलामका किलाहरु ठोक्नुहोस्। यसले व्यापारमा लागेको नराम्रो नजरको प्रभाव हटाउँछ। यसबाहेक पसल या कार्यस्थलको मुख्य द्वारमा कालो कपडामा फिटकिरी बाँधी झुण्ड्याउनुहोस्। यसबाट फाइदा मिल्न सक्छ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जन्मकुण्डलीमा ‘गजकेसरी योग’ भए दिलाउँछ राजसी सुख र मान-सम्मान