जन्मकुण्डलीमा ‘गजकेसरी योग’ भए दिलाउँछ राजसी सुख र मान-सम्मान

काठमाडौँ : वैदिक ज्योतिष अनुसार कुनै बच्चाको जन्म हुँदा उसको जन्मकुण्डलीमा शुभ र अशुभ ग्रहहरुका योग बन्छन्। दुई या दुई भन्दा बढी ग्रह एउटै भावमा विराजमान हुँदा योग बन्छ। यी योगको प्रभाव त्यस व्यक्तिको जीवनमा सधैँभरी रहन्छ। यहाँ हामी तपाईलाई बताउँछौँ गजकेसरी योगको बारेमा। जुन भाग्यशाली व्यक्तिको कुण्डलीमा बन्ने गर्छ। बृहस्पति र चन्द्र ग्रह कुण्डलीको एकै स्थानमा सँगै विराजमान हुँदा यो योग बन्छ। यो योगले मानिसलाई नाम र प्रसिद्धि दिलाउँछ। जान्नुहोस् यो योगको बारेमा विस्तृतमा….

कुण्डलीमा बृहस्पति र चन्द्रमाको मिलनबाट गजकेसरी योग बन्ने गर्छ। अर्थात् कुण्डलीमा बृहस्पति ग्रह र चन्द्रमा एकै स्थानमा विराजमान हुँदा गजकेसरी योग बन्ने गर्दछ। वैदिक ज्योतिषमा बृहस्पतिलाई शुभ ग्रह मानिन्छ। साथै बृहस्पतिलाई देवताहरुका गुरु मानिन्छ भने चन्द्रमा मनको कारक ग्रह हो। चन्द्रमाले मनुष्यलाई शीतलता प्रदान गर्दछ।

गजकेसरी योगले राजसी सुख र मान-सम्मान दिन्छ : – 

व्यक्तिले आफ्नो करियरमा सफलताको चुचुरो चुम्नेछन्। ऊ जुन क्षेत्रमा गए पनि त्यस क्षेत्रमा नाम कमाउँछन्।

यो योगले मानिसको सबै महत्वाकांक्षा पूरा गर्दछ। साथै समाजमा प्रतिष्ठा पनि प्राप्त गर्छन्।

धन-सम्पत्ति वृद्धि, सन्तान सुख, घर खरिदको सुख, वाहन सुख इत्यादि सुख प्राप्त गर्छन्।

गजकेसरी योगबाट व्यक्तिले समाजमा शाही सुख र इज्जत प्राप्त गर्दछ।

गजकेसरी योगले कहिले शुभ फल दिन्छ ?

जन्मकुण्डलीमा गजकेशरी योग भएर पनि केही अवस्थामा योगले मनुष्यलाई पूर्ण फल प्रदान गर्दैन्। यदि यो योगमा राहु या कुनै पापी ग्रहको दृष्टि परेमा यो योगको पूर्ण फल प्राप्त हुँदैन्। यसका साथै कुण्डलीमा चन्द्रमा र बृहस्पतिको स्थिति कमजोर हुँदा गजकेसरी योगले व्यक्तिलाई पुर्ण फल दिँदैन्। कुण्डलीमा गुरु नीच र चन्द्रमा नीच छ भने पूर्ण फल मिल्दैन्।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आर्थिक लाभ र सुख-समृद्धिका लागि शुक्रबार अपनाउनुहोस् यी ५ ज्योतिषीय उपाय