पाउजु लगाउँदा बेजोड लाभ : हड्डीको मजबूतिदेखि खुट्टाको दुखाईका लागि रामबाण

काठमाडौँ : पाउजुले महिलाको खुट्टाको सौन्दर्य बढाउने काम गर्छ। पाउजु बिहेपछि प्रायः महिलाहरूले बढी लगाउँछन्। हिन्दू धर्ममा पाउजु लगाउनुको धार्मिक महत्व मात्र नभएर वैज्ञानिक महत्व पनि भएको वर्णन गरिएको छ, जसले शरीरलाई स्वास्थ्य लाभसँगै अतुलनीय फाइदा प्रदान गर्नेछ।

पुरातन कालदेखि नै पाउजुलाई धनको प्रतीक मानिथ्यो। यदि महिलाले गह्रौँ र ठूलो पाउजु लगाएकी छिन् भने उनलाई धनी घरानाको मानिथ्यो र यदि सानो र हलुका पाउजु लगाएकी छिन् भने गरिबीको सङ्केतको रुपमा हेरिन्थ्यो।

पाउजु महिलाको सोह्र श्रृंगारको महत्वपूर्ण हिस्सा हो। सोह्र श्रृंगारमा टिका, गाजल, नथी, हार, पाउजुलगायतका चीजहरु पर्छन्। यहीँ कारण विवाहित महिलाले सधैँ पाउजु लगाउनुपर्छ। हिन्दू धर्ममा विवाहित महिलाहरुले मात्र पाउजु लगाउँदैनन्। पाउजु महिलाका लागि शुभ मानिन्छ। पाउजुलाई सौभाग्यसँग जोडेर पनि हेरिन्छ।

ज्योतिषशास्त्र अनुसार चाँदीको सम्बन्ध चन्द्रमासँग हुन्छ। धार्मिक मान्यताअनुसार चाँदीको उत्पत्ति भगवान शिवको देन हो। यहीँकारण चाँदीलाई सुख र समृद्धिको प्रतीक मानिन्छ। चाँदीको पाउजु लगाउँदा महिलाले दैवीय शक्ति आकर्षित गर्ने जनविश्वास रहेको छ। पाउजुले महिलाको रक्षा पनि गर्छ।

छमछम पाउजुको झन्कारले सकारात्मक ऊर्जा पैदा गर्छ। त्यसैले महिलाहरूले पाउजु लगाउन अनिवार्य छ। हाम्रो शरीरको उर्जा खुट्टाबाट शरीर बाहिर जान्छ। तर पाउजु लगाएको महिलाको उर्जा शरीर बाहिर जान पाउँदैन्। जसले गर्दा उनीहरुका शरीर सकारात्मक ऊर्जाले भरिपूर्ण हुन्छ।

विज्ञान अनुसार चाँदीको प्रतिक्रियाशीलता अन्य धातुहरूको तुलनामा बढी हुन्छ। चाँदीले पृथ्वीको ऊर्जासँग सजिलै प्रतिक्रिया गर्न सक्छ। अर्थात् हाम्रो वरिपरी केही भएमा त्यसबाट हामी प्रभावित हुन्छौँ। यहीँकारण प्राय: चाँदीको पाउजु लगाईन्छ। त्यसो भए सुनको पाउजु किन लगाइदैन् त भनेर तपाईको मनमा प्रश्न उठ्न सक्छ। सुनले हाम्रो शरीरसँग मात्र प्रतिक्रिया गर्छ। यहीँ कारण सुनका गरगहनाहरु शरीरको माथिल्लो भागमा मात्र प्रयोग गरिन्छ।

पाउजु लगाउनुका लाभ : –

चाँदीको पाउजु लगाउने महिलालाई हातगोडा दुखाईको समस्या कम हुन्छ। चाँदीले शरीरमा रक्तसञ्चारमा मद्दत गर्छ। •• पाउजु लगाउँदा हड्डी मजबूत हुन्छ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अङ्कशास्त्रअनुसार यति गते जन्मेका मानिस बन्छन् करौडौं सम्पत्तिका मालिक