अङ्कशास्त्रअनुसार यति गते जन्मेका मानिस बन्छन् करौडौं सम्पत्तिका मालिक

काठमाडौँ : अङ्कशास्त्रमा मानिसहरुका जन्ममितिको आधारमा मूलाङ्क निकालिन्छ। यहीँ मूलाङ्कले त्यस व्यक्तिको व्यक्तित्व बताउँछ। अङ्कशास्त्रमा १ देखि ९ सम्मका सबै मूलाङ्कका मानिसहरुका विशेषताहरु बताईएको छ। यसका साथै भविष्यका बारेमा पनि ठूल्ठूला कुराहरु वर्णन गरिएको छ। यस अनुसार मूलाङ्क ६ हुने मानिसहरुमा निहित खुबीले यिनलाई अत्यन्तै आकर्षक व्यक्तित्वको मालिक बनाउँछ।

मूलाङ्क ६ मा शुक्रको प्रभाव : – 

कुनै पनि महिनाको ६, १५ र २४ तारिखमा जन्मेका मानिसहरुका मूलाङ्क ६ हुन्छ। मूलाङ्क ६ को स्वामी शुक्र ग्रह हो। शुक्र ग्रह सौन्दर्य, रोमान्स, आकर्षण, धन, भौतिक सुखको कारक हुन्। शुक्र ग्रहको प्रभावले मूलाङ्क ६ का मानिसहरु आकर्षक हुन्छन्। बढ्दो उमेरसँगै यस्ता मानिसहरु झन् आकर्षक बन्दै जान्छन्। यिनीहरु मजाकिलो, हँसिलो र रमाइलो स्वभावका हुन्छन्। र मनको एकदमै सफा हुन्छन्। यिनीहरु आफूलाई यति आकर्षक ढङ्गले प्रस्तुत गर्छन् कि जोकोहीँ पनि पहिलो भेटमा फिदा हुन्छन्।

बन्छन् करोडपति : – 

अङ्क राशिफल अनुसार मूलाङ्क ६ का मानिसहरु आफ्नो मेहनत, बुद्धिमानीको दममा जीवनमा एकदमै सफल हुन्छन्। र मनग्यै धन कमाउँछन्। यिनीहरुका लागि हल्का निलो, हल्का गुलाबी र सेतो रङ शुभ हुन्छ।

विलासी जीवनशैलीको सौखिन : – 

यिनीहरु मेहनती हुनुका साथै बुद्धिमान पनि हुन्छन्। यसका साथै यिनीहरु विलासी जीवनशैली बिताउन मन पराउँछन्। यिनीहरुलाई महँगो चीजहरुले धेरै लोभ्याउँछ। यिनीहरु आफ्नो सोख पूरा गर्नको लागि सानै उमेरदेखि जीवनमा ठूला लक्ष्यहरू पछ्याउन थाल्छन्। यिनीहरुले चलचित्र, सञ्चारमाध्यम, ग्लामर, ज्वेलरी, लत्ताकपडासँग सम्बन्धित क्षेत्रमा काम गरे धेरै सफलता हासिल गर्नेछन्।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१४:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईको परिवार, व्यापार र करियरमा शत्रुको खराब नजर परेको त छैन् ? यस्तो छ बच्ने ज्योतिषीय उपाय