ज्योतिष शास्त्रका अनुसार हरेक ग्रहहरुले आफ्नो निश्चित समयमा आफ्नो राशि परिवर्तन गर्छ । सूर्यले हरेक महिनामा एक पटक राशि परिवर्तन गर्ने गर्दछ । अप्रिल १४ मा सूर्य मेष राशिमा प्रवेश गरेका छन् भने सूर्य देव अब मेष राशिमा मे १४ सम्म रहनेछ । सूर्यको यस राशि परिवर्तन केही राशिको को लागी एक अद्भुत समय हुन गइरहेको जान्नुहोस् कुन राशिका व्यक्तिहरूलाई सूर्य देवको प्रभावको कारण मे १४ तारिकसम्म समयले हरेक काममा सफलता, सम्मान, सुख र समृद्धि प्रदान गर्नेछ ?
मेष राशि
मेष राशिका व्यक्तिहरुका लागि यो समय धन सम्पत्तिमा वृद्धि हुनेछ । सम्पत्तिबाट लाभ मिल्नेछ । करियरमा फाइदा हुनेछ । नयाँ काम पाउन सकिनेछ । कार्यस्थलमा प्रगतिको सम्भावना हुनुको साथै स्थान परिवर्तन हुन सक्छ। सन्तानबाट लाभ हुन सक्छ। नयाँ घर-गाडी किन्न सकिनेछ।
कर्कट राशि
कर्कट राशिका लागि सूर्यको यस राशि परिवर्तन अवधिमा आत्मविश्वास बढ्नेछ। हरेक काम सजिलै पूरा हुनेछ साथै सूर्यदेवको कृपाले हरेक काममा सफलता मिल्नेछ । घरमा धार्मिक कार्यमा मन जानेछ । अनुसन्धान, उच्च शिक्षाका लागि यो समय उत्तम छ। कुनै पनि उपलब्धि हासिल गर्न सकिन्छ। करियरमा उन्नति हुनुको साथै ठूलो परिवर्तन हुने सम्भावना छ । समग्रमा यो समय सफलता र खुसी दुवै मिल्नेछ ।
तुला राशि
१४ तारिक सम्मको समयले जीवनको धेरै क्षेत्रमा शुभ फल दिनेछ। घर र विलासी साधनको आनन्द प्राप्त हुनेछ। काममा सफलता मिल्नेछ । परिवारबाट सहयोग र खुशी मिल्नेछ। जागिर गर्नेहरूले पदोन्नति पाउन सक्छन्। यात्रामा जान सकिन्छ । धार्मिक कार्यमा रुचि बढ्न सक्छ।
मीन राशि
मीन राशिका मानिसहरूलाई यो समयले सफलता, सम्मान र आराम दिनेछ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ जसले प्रगतिको नयाँ बाटो खोल्नेछ। स्थान परिवर्तन हुन सक्छ। आम्दानी बढ्ने प्रबल सम्भावना छ । बचतमा सफलता मिल्नेछ ।