नयाँ वर्ष सन् २०२२ को पहिलो सूर्य ग्रहण यही अप्रिल महिनाको ३० तारिकमा लाग्दैछ । ग्रहण शनि चरी अमावस्याको दिन लाग्ने भएको छ र त्यसको एक दिन अगाडि शनिले आफ्नो राशि परिवर्तन गर्ने भएको हुँदा यो ग्रहण निकै महत्त्वपूर्ण हुने भएको छ । जसका कारण ग्रहणले मानव जनजीवनमा ठूलो प्रभाव पार्ने भएको छ । विशेष गरेर यस ग्रहण अवधिमा सुतक अवधि मान्य नहुने भए पनि ३ राशि भएका व्यक्ति हरुले यस समयमा निकै सावधानी अपनाउन पर्ने भएको छ ।
सन् २०२२ मा वर्षको यो पहिलो सूर्य ग्रहण ३० अप्रिलको मध्यरात १२:१५ देखि बिहान ४:०८ बजेसम्म हुनेछ। यस पटकको ग्रहण मेष राशिमा लाग्दैछ । साथै यस दिन सूर्य, चन्द्रमा र राहुको संयोग मेष राशिमा हुनेछ । यस्तो अवस्था ३ राशिका सावधानी अपनाउनु पर्ने भएको छ । यी व्यक्तिहरूले ग्रहणको नकारात्मक प्रभावबाट बच्न केही उपाय अपनाउनु पर्छ।
मेष राशि
यो सूर्य ग्रहण मेष राशिमा लाग्ने भएकाले यस राशिका मानिसमा ग्रहणको प्रभाव बढी पर्नेछ । यस समयमा मेष राशिका मानिसले मानसिक तनावको सामना गर्नुपर्ने हुनसक्छ । शत्रुले हानि सक्रिय हुन सक्छ । यात्रा गर्दा तथा सवारी साधन चलाउँदा सावधान रहनु होला, दुर्घटना हुन सक्छ साथै चोटपटक लाग्न सक्छ । साथै, ग्रहणको समयमा यात्रा नगर्नुहोस्।
कर्कट राशि
कर्कट राशिको स्वामी चन्द्र देव हुन्, जो ग्रहणको समयमा राहुसँग मेष राशिमा रहनेछ। यो अवस्था यस राशिका मानिसका लागि सहि हो भन्न मिल्दैन । मानसिक तनावको सिकार हुन सक्छ । नकारात्मकता, अज्ञानको हाबी हुनेछ। खर्च बढ्नेछ। यो समय धैर्यपूर्वक निर्णय लिनु राम्रो हुन्छ।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरूले ग्रहणको समयमा बोलीमा निकै सावधानी अपनाउनु होला अन्यथा मान-सम्मान गुमाउनु पर्नेछ हुन् सक्छ । विचारपूर्वक बोल्नुहोस् र विवादबाट सावधान रहनुहोस्। शत्रु सक्रिय हुन सक्छन् । खर्च बढ्नेछ।
ग्रहणको प्रभावबाट बच्चने उपाय
सूर्य ग्रहणको अशुभ प्रभावबाट बच्न गायत्री मन्त्रको जप गर्नुहोस्। ग्रहणको समयमा कुनै पनि खानेकुरा नखानुहोस्। आफ्नो सोच सकारात्मक राख्ने प्रयास गर्नुहोस्। इष्टदेवलाई याद गर्नुहोस्। ग्रहण पछि दान गर्नुहोस्। बोलीमा मिठास राख्नुहोस्।