काठमाडौँ : आचार्य चाणक्यले नीति शास्त्रमा मनुष्यका जीवनसँग सम्बन्धित अनेक कुराहरु उल्लेख गरेका छन्। ती नियमहरु दत्तचित्त भएर पालन गरे व्यक्तिले जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न सक्नेछन्।मानिसले आफ्नो जीवनमा सफलता हासिल गर्न के-के कुरामा विशेष ध्यान दिनुपर्छ त ?
कडा मेहनत गर्नुहोस् : – चाणक्य नीति अनुसार जीवनमा सफलता प्राप्तिको लागि कडा परिश्रम गर्नुपर्ने हुन्छ। कडा परिश्रमबाट भाग्नेहरूले जीवनमा कहिल्यै सफलता पाउन सक्दैनन्। जीवनमा सफलता पाउनको लागि कडा परिश्रम आवश्यक छ।
ज्ञान प्राप्त गर्नुहोस् : – चाणक्य नीति अनुसार व्यक्ति ज्ञान प्राप्त गर्न सधैं तत्पर रहनुपर्छ। जीवनमा सफलता प्राप्त गर्न ज्ञान प्राप्त गर्न आवश्यक छ। यदि तपाई आफ्नो लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भने ज्ञान प्राप्त गर्न सधैं तयार रहनुहोस्।
अवगुणहरुबाट टाढै रहनुहोस् : – चाणक्य नीति अनुसार अवगुण सफलता प्राप्तिमा बाधक बन्न सक्छ। अवगुणले व्यक्तिको प्रतिभालाई नष्ट पार्छ। अवगुणकै व्यक्तिले आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्दैनन्। त्यसैले अवगुण हटाउन आवश्यक छ। यो सफलताको बाटोमा काँडा जस्तै हो।
आफ्नो शक्तिको दुरुपयोग नगर्नुहोस् : – चाणक्य नीति अनुसार व्यक्तिले आफ्नो शक्तिको गलत प्रयोग गर्नुहुँदैन्। यस्तो गर्ने व्यक्तिले कहिल्यै इज्जत पाउँदैनन्। यस्ता व्यक्तिलाई माता लक्ष्मीको कृपा हुँदैन्।