काठमाडौँ : ज्योतिष शास्त्रमा शुक्र र बृहस्पतिलाई निकै महत्त्वपूर्ण ग्रह मानिन्छ किनभने शुक्र धनदाता ग्रह हुन् भने बृहस्पति ग्रह भाग्यदाता ग्रह हो। अब यी दुवै शुभ ग्रहको मिलन हुने भएको छ । यस दुई ग्रहको मिलनको शुभ प्रभाव ३ राशिका मानिसहरुमा देखिने भएको छ।
यो शुभ योग मीन राशिमा हुनेछ। बैशाख १४ गते(२७ अप्रिल) बुधबार शुक्र मीन राशिमा प्रवेश गर्नेछ भने बृहस्पति पहिले देखि नै मीन राशिमा विराजमान थियो। यो संयोग जेठ ९ गते(२३ मे) सोमबारसम्म रहनेछ र तब सम्म यी ३ राशिलाई अत्यन्तै शुभ हुने भएको छ । ती राशिहरु कुन-कुन हुन् त ?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि शुक्र-बृहस्पतिको संयोगले आम्दानीमा वृद्धि हुनेछ। आम्दानीमा भएको वृद्धिले आर्थिक अवस्था मजबुत हुनेछ। ऋणबाट मुक्ति मिल्नेछ। करियरमा सफलता मिल्नेछ। विलासी जीवनको आनन्द लिन सक्नुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरुलाई यो संयोगले करियरमा प्रगति हुनेछ। नयाँ काम पाउन सकिनेछ। पदोन्नति हुनुको साथै आयमा वृद्धि हुन सक्छ। व्यापारीहरुले नाफा कमाउनेछन्। उच्च अधिकारीबाट कामको प्रशंसा हुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका लागि बृहस्पति र शुक्रको संयोगले विदेश यात्राको अवसर मिल्नेछ साथै विदेशबाट पनि धन आर्जन गर्न सकिनेछ। आम्दानी बढ्ने प्रबल सम्भावना छ। परीक्षा-अन्तर्वार्तामा सहभागी हुन जानेहरूले सफलता पाउनेछन्।