सन् २०२२ को पहिलो सूर्यग्रहण ३० अप्रिलमा लाग्दैछ । आंशिक सूर्यग्रहण भएको हुँदा यसको सुतक अवधि मान्य नहुने भए पनि यस ग्रहणको प्रभाव सबै १२ राशीमा पर्नेछ । यस दिन शनि चरी अमावस्या हो र ग्रहणको एक दिन अगाडि अर्थात २९ अप्रिलमा शनिको राशि परिवर्तन हुँदैछ । जसका कारण यो ग्रहणको प्रभाव झनै बढेको छ । कुन राशिका लागि यो सूर्यग्रहण शुभ हुने भएको छ जान्नुहोस् । यो ग्रहण दक्षिण अमेरिका, दक्षिण प्रशान्त महासागर आदि स्थानहरूमा देखिनेछ।
यो ग्रहण शनिबारको दिन लाग्ने भएको छ । शनिबार लाग्ने ग्रह अमावस्यलाई शनि चरी अमावस्या पनि भनिन्छ । सामान्यतया यस शनिचरी अमावस्याको दिन पितृको नाममा स्नान, दान र अर्पण गर्ने प्रचलन रहेको छ । तर यस पटक यस दिन सूर्य ग्रहणका कारण ग्रहण सुरु हुनुअघि नै पितृको श्राद्ध र स्नान गर्नु शुभ रहनेछ । यो सूर्य ग्रहण अप्रिल ३० तारिकको राति १२ बजेदेखि सुरु हुने भएकाले त्यसअघि पितृको श्राद्ध र तर्पण गर्नु उत्तम हुन्छ ।
यस राशिलाई हुने भएको छ अत्यन्तै शुभ
३० अप्रिल २०२२ मा हुने सूर्य ग्रहण वृष राशिमा हुनेछ । १५ दिनपछि मे १५ तारिकमा वर्षको पहिलो चन्द्रग्रहण पनि लाग्दै छ । यो समय ३ राशिका लागि निकै शुभ हुने भएको छ ।
वृष राशि
यस राशिमा वर्षको पहिलो सूर्य ग्रहण लाग्दैछ । यो समय करियरमा प्रगति दिनेछ। व्यवसायीले मनग्य आम्दानी गर्नेछन् । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । यस्तो शुभ घटना हुनेछ, जसले तपाईको जीवन नै बदलिनेछ।
सिंह राशि
सिंह राशिका लागि यो समय आर्थिक क्षेत्रमा लाभदायक हुनेछ। सिंह राशिको आर्थिक अवस्था मजबुत हुनेछ । पदोन्नति-वृद्धि हुनेछ। लामो यात्रामा जान सकिनेछ, जसबाट फाइदा हुनेछ।
धनु राशि
यो समय धनु राशिका लागि नयाँ अवसर प्राप्त हुनेछ। नयाँ-नयाँ काम पाउन सकिनेछ । आकस्मिक धन लाभ हुनेछ, रोकिएका कामहरु सुचारु हुनेछन् ।