वास्तु टिप्स : वास्तु अनुसार भर्‍याङमुनि भूलेर पनि नराख्नुहोस् यी सामान

काठमाडौँ : वास्तु शास्त्रले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका खेल्छ। यदि घर या अफिस वास्तु अनुसार छैन भने त्यस स्थानमा वास्तु दोष उत्पन्न हुन्छ, जसले परिवारका सदस्यहरूको उन्नतिमा बाधा पुर्‍याउँछ। घरका सदस्यहरुबीच कलह सुरु हुन्छ। आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। घरको हरेक जुना, हरेक दिशाले विशेष महत्व राख्छ। घरको हरेक दिशा वास्तु दोषबाट मुक्त हुनु आवश्यक छ, तब मात्र घरमा सुख शान्तिको बास हुन्छ।

आज हामी घरमा रहेको भर्‍याङको बारेमा कुरा गर्न जाँदैछौँ। प्राय: मानिसहरुले भर्‍याङको खुड्किलामुनि नचाहिने र पुराना सामानहरु राख्ने गर्छन्। तर वास्तु अनुसार खुड्किलामुनिलाई यसरी प्रयोग गर्नु बिल्कुलै गलत हो। भर्‍याङका बारेमा वास्तुमा केही महत्वपूर्ण नियमहरु उल्लेख गरिएको छ।

वास्तु अनुसार घरमा भर्‍याङ गलत स्थानमा हुँदा अचानक अनेक प्रकारका समस्याहरु पैदा हुन् थाल्छन्। घर भित्रको सिढीले मङ्गल ग्रहलाई प्रभावित गर्छ भने घरबाहिरको सिढीले शुक्र ग्रहलाई असर पर्छ।

वास्तु शास्त्र अनुसार घरमा सिढी बनाउँदा केही कुरामा ध्यान दिनु पर्ने बताइन्छ। वास्तु अनुसार घरको भर्‍याङमा नैऋत्य कोषमा हुनुपर्छ। यो दिशा भर्‍याङको लागि सबैभन्दा उत्तम हुन्छ। साथै, दक्षिण दिशा, पूर्वदेखि पश्चिम दिशातर्फको भर्‍याङलाई पनि उत्तम मानिन्छ। साथै घरमा बनाइएका फराकिलो भर्‍याङलाई पनि शुभ मानिन्छ।

भर्‍याङ मुनिको अतिरिक्त ठाउँलाई पूजा गर्ने ठाउँ वा बाथरूमको रूपमा प्रयोग गर्छन्। तर वास्तु अनुसार यहाँ केही पनि बनाउनु ठिक हैन्। यसो गर्नाले घरमा सुख शान्तिको अभाव रहन्छ। कतिपय मानिसहरुले यसमुनि भान्छा बनाउँछन्, जुन ठीक होइन्। भर्‍याङमुनिको ठाउँलाई स्टोर रुमको रुपमा प्रयोग गर्न सकिन्छ। तर यस ठाउँको सरसफाइमा विशेष ध्यान दिनुहोस्।

वास्तु विज्ञहरू अनुसार भर्‍याङ मुनि जुत्ता-चप्पलको र्याक राख्नुहुँदैन्। यस्तो हुँदा व्यक्तिले आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि परेको छ अत्यन्तै शुभ संयोग, सुख-समृद्धि प्राप्तिको लागि विशेष दिन हुने !