सबै चतुर्थी भगवान गणेशको नाममा समर्पित हुने गर्दछ । प्रत्येक महिना २ वटा चतुर्थी हुने गर्दछ । यस मध्ये एउटा कृष्ण पक्षमा पर्छ र अर्को शुक्ल पक्षमा। यसमा कृष्ण पक्षको चतुर्थीलाई संकष्टी चतुर्थी र शुक्ल पक्षको चतुर्थीलाई विनायक चतुर्थीका रूपमा मनाइन्छ । भोलि अर्थात् अप्रिल १९ तारिक चतुर्थी परेको छ ।
यस दिन संकट हर्ता श्री गणेशको व्रत राखिनेछ । संकष्टी चतुर्थीको व्रत र पूजा गर्दा केही कुरामा ध्यान दिनु अति आवश्यक छ । साथै संकष्टी चतुर्थीको पूजा शुभ समयमा गरी चन्द्रमालाई अर्घ दिनु अत्यन्तै शुभ मानिन्छ ।
चतुर्थी तिथि १९ अप्रिल मंगलबार दिउँसो ४ः३८ बजेदेखि सुरु भई २० अप्रिल दिउँसो १ः५२ बजेसम्म चल्नेछ। चतुर्थीको व्रतमा चन्द्रमालाई अर्घ्य दिनु पर्ने भएकाले रातको समय परेको चतुर्थी मानिन्छ । यसपटक संकष्टी चतुर्थीमा चन्द्रोदयको समय राति ९ः५० हुने भएको छ ।
संकष्टी चतुर्थीमा नगर्नुहोस् यस्ता काम
यस दिन भगवान गणेशलाई भुलेर पनि तुलसी चढाउनु हुँदैन । यसो गर्नु अशुभ मानिन्छ ।
जनावर तथा चराचुरुङ्गीलाई कहिले पनि यातना दिनु हुँदैन तर विशेष गरेर संकष्टी चतुर्थीको दिन यसो गर्दा धेरै हानि हुन सक्छ । यस दिन पशुपक्षीहरूलाई खाना र पानी दिने प्रयास गर्नुहोस्।
संकष्टी चतुर्थीको दिन जेष्ठ नागरिक र ब्राह्मणको अपमान गर्ने गल्ती नगर्नुहोस्। जसका कारण भगवान गणेश तपाईसँग क्रोधित हुन सक्छन् ।
संकष्टी चतुर्थीको दिन आफ्नो बोली व्यवहारलाई संयमित बनाउनु पर्दछ । यस दिन कसैसँग झुट नबोल्नुहोस्, धोका दिने काम नगर्नुहोस् । यसको साथै संकष्टी चतुर्थीको दिन मासु र मदिरा जन्य चिजको सेवन नगर्नुहोस् । यस दिन घरमा खानामा लसुन-प्याजको प्रयोग नगर्नुहोस्। यस दिन सत्त्विक भोजन मात्र सेवन गर्नु शुभ मानिन्छ ।