वि.सं २०७९ तुला राशिको लागि लागि विशेष रहनेछ । जान्नुहोस् वि.सं २०७९ तुला राशिका मानिसहरुका लागि के खास हुनेछ ।
तुला राशिको करियर फल
यो वर्ष तुला राशिको लागि करियरमा चुनौतीपूर्ण रहनेछ। व्यापार व्यवसाय गर्ने हरुलाई आफ्नो मिहिनेतको फल पाउन विभिन्न समस्याको सामना गर्न पर्ने हुन्छ । साथै साझेदारी कार्यमा साझेदारसँग मनमुटाब हुनेछ। जसका कारण मानसिक तनाव हुन सक्छ । नोकरी गर्नेको लागि कार्यालयका उच्च अधिकारीसँगको विवाद महँगो पर्न सक्छ ।
आर्थिक राशिफल
तुला राशिको लागि वि.सं २०७९ को सुरुमा आर्थिक लाभ हुनेछ। तर वर्षको मध्यमा अनावश्यक खर्चका कारण आर्थिक हानि हुन सक्छ । कुनै पनि नयाँ काम वा साझेदारी कार्यमा लगानी नगर्नुहोस्। अन्यथा धेरै आर्थिक नोक्सान हुन सक्छ ।
पारिवारिक फल
यो वर्षमा परिवारमा आर्थिक समस्या आउनेछ। काममा व्यस्तताका कारण परिवारका लागि समय निकाल्न सकिने छैन। जसका कारण जीवनसाथीसँग मनमुटाब बढ्नेछ । यस बाहेक राहु-केतुको अशुभ प्रभावले स्वास्थ्य समस्या देखिने छ जसको कारण खर्च बढ्नेछ ।
तुला राशिको प्रेम फल
तुला राशिको लागि यो वर्ष प्रेम जीवनका लागि विशेष रहनेछ । अविवाहितहरुले वि.सं २०७९ मा विवाह गर्ने सक्छन् । दाम्पत्य जीवनमा सुखद आनन्द मिल्नेछ। प्रेमीसँगको कुराकानीमा संयम अपनाउनुपर्नेछ। विवाहितले सन्तान सुख प्राप्त गर्नेछन् ।