वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका मानिसका लागि समग्रमा २०७९ साल शुभ फलदायी रहने देखिन्छ। वर्षभरी नै राम्रो फल प्राप्त हुनुका साथै भाग्य वृद्धि पनि हुनेछ। हाल हालेको प्राय: कार्यबाट सफलता मिल्नेछ। नसोचेको ठाउँबाट आकम्सिक लाभ पनि मिल्नेछ।
वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट ठूलो सफलता मिल्ने सम्भावना रहेको छ। तर सेयरबजारको व्यवसायबाट नोक्सानी हुनसक्छ, सजग रहनुहोला। असोज र पुष महिनामा धन हानी हुनेछ भने वैशाख र माघ महिनामा यस हिसाबले सबैभन्दा शुभ महिना रहनेछ।
प्रेम सम्बन्धको बारेमा कुरा गर्दा यो वर्ष सामान्य रहने देखिन्छ। यस वर्ष प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ। दाम्पत्य जीवन पनि यो समयमा सुखमय नै रहनेछ।
विद्यार्थीहरू वर्गलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता पक्का मिल्नेछ। विज्ञान र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर वैशाख र जेठ महिनामा शिक्षा क्षेत्रमा त्यति अनुकूल नरहला।
वैदेशिक रोजगारमा जना इच्छुक रहेका मानिसले सफलता प्राप्त गर्ने सम्भावना पनि रहेको छ। पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पार्नेछन्। सामाजिक क्षेत्रबाट पनि ख्याति कमाउने उच्च सम्भावना रहेको छ।
रगत सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ, ध्यान दिनुहोला। टाउको तथा आँखाको समस्या पनि देखा पर्न सक्छ। परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ।