आफ्नो राशि अनुसार तपाईको लागि कुन राशिका जातक असल साथी हुन्छन् ?

काठमाडौँ : ज्योतिष शास्त्रमा मित्र राशि र शत्रु राशिबारे वर्ण गरेको पाईन्छ। जीवनमा सच्चा साथीको भूमिका धेरै महत्त्वपूर्ण मानिन्छ। चाणक्य नीति अनुसार सङ्कटको समयमा सच्चा मित्रको पहिचान हुन्छ। जीवनमा सफलता र असफलताको पछाडि मित्रताको हात महत्वपूर्ण हुन्छ। जीवनमा असल साथीको सङ्गत पाएमा व्यक्तिले अपार सफलता हासिल गर्छन्। ज्योतिष शास्त्र अनुसार राशि ज्ञानको सहायतामा असल साथी चयन गर्न सकिन्छ। राशि अनुसार कोसँग साँचो मित्रता हुन्छ त ? जानिराखौँ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मेष राशिका लागि मिथुन र धनु राशिका जातकहरु उत्कृष्ट हुन्छन्। यी राशिका मानिसहरुसँग मेष राशिका मानिसहरुको स्वभाव र व्यवहार मिल्ने कारण यी राशिसँग जोडी राम्रो जम्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –  सौन्दर्य, प्रेम र धनको कारक ग्रह शुक्र, जो वृष राशिको स्वामी हो। वृष राशिका मानिसहरु प्राय: कर्कट र कन्या राशिका मानिसहरु मिल्छन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – तेज, चतुर, बाहिर हिड्न रुचाउने, जिज्ञासु, फुर्तिला र आकर्षक मिथुन राशिका मानिसहरुको मित्रता विशेषत: मेष र सिंह राशिका मानिसहरु जम्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – संवेदनशील, आत्मविश्वासी र प्रेमिल स्वभावका कर्कट राशिका जातक वृष र मीन राशिका मानिसहरु धेरै घुलमिल हुन्छन्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – सूर्यको राशि सिंह राशिका मानिसहरुका मित्रताको लागि मिथुन र तुला राशिका मानिसहरु योग्य हुन्छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – पर्फेक्सनिस्ट र आफ्नो स्वास्थ्यप्रति जागरुक रहने कन्या राशिका व्यक्तिहरुको वृष र मकर राशिका व्यक्तिहरुसँग बढी तालमेल मिल्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – प्रेम, सौन्दर्य र धनको कारक ग्रह शुक्रद्वारा शासित तुला राशिका मानिसहरुको सिंह र कुम्भ राशिका मानिसहरुसँग बलियो मित्रता गाँसिनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – वृश्चिक राशिका मानिसहरु आफूजस्तै बुद्दिमान मकर र मीन राशिका मानिसहरुलाई मन पराउँछन्। उनीहरुसँगको मित्रता वृश्चिक राशिका लागि फलदायी साबित हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धनु राशिका मानिसहरुको बलियो दोस्ती मेष र कुम्भ राशिका मानिसहरुसँग हुन्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – करियरकेन्द्रित मकर राशिका मानिसहरु आफ्नो मित्रताको लागि कन्या र वृश्चिक राशिका मानिसहरुलाई रोज्छन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – भविष्यबारे हरक्षण सोच्ने कुम्भ राशिका मानिसहरु तुला र धनु राशिका व्यक्तिहरुसँग धेरै नजिक हुन्छन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – स्वप्निल संसारमा विचरण गर्ने मीन राशिका मानिसहरु कर्कट र वृश्चिक राशिसँग धेरै मिल्छन्। यी राशिका मानिसलाई मीन राशिका जातक आफ्नो मिल्ने साथी मान्छन्।

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्योतिष शास्त्र: आर्थिक स्थितिलाई बजबूत बनाउँछ शरीरको यस भागमा लगाएको कालो धागोले !