ज्योतिष शास्त्र: जीवनमा तथा परिवारमा सुख-समृद्धि राख्नका लागि ज्योतिष शास्त्रमा धेरै उपायहरू बताइएका छन् भने केही उपायहरू छन् जसलाई हामीले दैनिक जीवनमा सजिलै अपनाउन सक्छौँ । य मध्ये एक उपाय हो खुट्टामा बाँधिने कालो धागो । त्यस्तै तपाइले धेरै मानिसहरूले शौक वा फेसनको लागि आफ्नो खुट्टामा कालो धागो लगाएको देख्नु भएको होला । तर ज्योतिष शास्त्र अनुसार यसको धार्मिक महत्त्व पनि छ । आउनुहोस् जान्नुहोस् कालो धागो बाँध्नुका फाइदाहरू।
कसरी लगाउने कालो धागो
ज्योतिष शास्त्र अनुसार जहिले पहिले पनि कालो धागी लगाउँदा महिलाले देब्रे खुट्टामा र पुरुषले दाहिने खुट्टामा कालो धागो बाँध्नुपर्छ ।
आर्थिक अवस्था सुधारको लागि
शास्त्रका अनुसार काम वा व्यवसायमा बारम्बार घाटा भोगिरहेका व्यक्तिले खुट्टामा कालो धागो लगाउनु शुभ मानिन्छ । कालो धागोको धारणले काममा आएको बाधाहरू हट्नुका साथै आर्थिक अवस्था पनि राम्रो हुनेछ।
राहु-केतुको स्थिति सुधारको लागि
ज्योतिष शास्त्रका अनुसार जसको कुण्डलीमा राहु-केतु ग्रहको स्थिति ठिक छ भने यसले व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्छ। यस्तो अवस्थामा जसको कुंडलीमा राहु-केतु ग्रहको कमजोर स्थिति हुन्छ, उनीहरुले खुट्टामा कालो धागो लगाउनु पर्छ ।
नराम्रो नजरबाट बच्न
कालो रंगलाई नराम्रो नजरबाट बचाउने रंग मानिन्छ । त्यसैले मानिसहरूले कालो टिका लगाउने वा कालो लुगा लगाउने जस्ता उपायहरू अपनाउँछन्। तर ज्योतिष शास्त्रमा खुट्टामा कालो धागो लगाउनु पनि अशुभ वा नकारात्मक शक्तिबाट बच्नको लागि शुभ मानिन्छ ।