एजेन्सी- दक्षिण भारतको चर्चित स्टार महेश बाबुले बलिउड फिल्ममा डेब्यु गर्ने कुरा बारेमा आफ्नो बिचार राखेका छन् । अहिले अभिनेतको विचार सुनेर फ्यानहरु निकै खुसी भएका छन् ।
साउथका चर्चित स्टार महेश बाबु प्रायः आफ्नो फिल्मका कारण चर्चामा रहन्छन् । चलचित्र जगतमा उनी आफ्नो निर्दोष शैली र उत्कृष्ट अभिनयको साथै चलचित्रका लागि परिचित छन् । तर उनी आफ्नो निर्दोष शैलीका कारण प्रायः सामाजिक सञ्जालमा चर्चामा हुन्छन्।अभिनेताको स्टा:इल उनको फ्यानहरुले निकै रुचाएका छन् ।
अहिले सामाजिक सञ्जालमा अभिनेता सम्बन्धित खबरले चर्चा पाएको छ । खबर अनुसार अभिनेताले हलिउड र बलिउड क्षेत्रमा प्रवेश गर्ने प्रश्नको खुलेर जवाफ दिएका छन् । फ्यानहरू लामो समयदेखि यो जवाफको प्रतिक्षामा थिए ।
हालै मुम्बईमा आयोजित एक कार्यक्रममा महेश बाबुले केही भनेका छन् जसलाई लिएर उनी चर्चामा छन् । यो कार्यक्रममा जब उनलाई हिन्दी फिल्ममा कहिले डेब्यु गर्ने भनेर सोधियो उनको जवाफले सबैको होश उडेको छ ।
महेश बाबुले जवाफ आफूलाई हिन्दी फिल्म गर्न आवश्यक नभएको बताएका छन् । ‘म तेलुगु फिल्म मात्र गर्न सक्छु’ त्यसपछि हलिउडमा डेब्यु गर्ने बारे सोध्दा उनले भने, ‘मलाई हलिउडको कुनै प्रोजेक्टको बारेमा थाहा छैन, हलिउडको बारेमा धेरै हल्ला चलिरहेको छ तर ती सबै खबर झूटा हुन्।
अहिलेको समयमा बलिउड र हलिउड भन्दा पनि साउथ चलचित्रले चलचित्र क्षेत्र तताएको छ । यसको उदाहरणको लागि राम चरण र जुनियर एनटीआरको फिल्म ‘आरआरआर’ पनि समावेश छ।