शुक्र मीन राशिमा गोचर गर्दै, ४ राशिको जीवनमा आउनेछ आनन्द र सुख-समृद्धि

काठमाडौँ : शुक्र गोचरको प्रभाव सबै राशिहरुमा अलग-अलग तरिकाले पर्छ। कतिपय राशिका लागि यो गोचर लाभदायी साबित हुन्छ भने कसैका लागि कठिनाई बढाउने देखिन्छ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई विलासिता, सुख समृद्धि, प्रेम, विवाहको कारक मानिन्छ। बैशाख १४ गते(२७ अप्रिल) शुक्रदेव गुरुको राशि मीनमा प्रवेश गर्दैछ। स्मरण रहोस्, शुक्र मीन राशिमा उच्च हुन्छ। जसकारण यो गोचरकालमा अत्यन्तै अनुकूल परिणामहरु प्राप्त गर्नेछन्। कुन-कुन राशिका लागि यो गोचर विशेषगरी लाभदायी साबित होला त, जान्नुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आर्थिक दृष्टिकोणले यो गोचर लाभदायी साबित हुनेछ। तलब वृद्धि हुनेछ। कार्यस्थलमा बढुवाको प्रबल सम्भावना छ। सोचविचार गरी लगानी गर्नुहोस्। व्यक्तिगत जीवन पनि राम्रो रहनेछ। प्रेमी-प्रेमिकाका लागि यो गोचर निकै अनुकूल साबित हुनेछ। साथीभाईहरुसँगको सम्बन्ध पहिलेभन्दा मजबूत हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईले करियरमा उल्लेखनीय प्रगति हासिल गर्नुहुनेछ। एकभन्दा बढी श्रोतहरुबाट लाभ कमाउन सफल बन्नुहुनेछ। आकर्षक कामको अवसर, बढुवा र पुरस्कारको सम्भावना छ। कार्यस्थलमा तपाईको प्रदर्शन राम्रो रहनेछ। धन लाभ हुने योग बनिरहेको छ। प्रेमी-प्रेमिकासँग यात्रामा जाने योजना बन्न सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शुक्रको गोचर कर्कट राशिका जातकका लागि लाभदायी साबित हुनेछ। कार्यस्थलमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कामदारको तलब बढ्न सक्छ। बढुवाको प्रबल सम्भावना छ। घर-जग्गा खरिद गर्ने योजना बन्न सक्छ। गोचरकालमा एकभन्दा बढी माध्यमबाट धन आर्जन गर्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

करियरमा उल्लेखनीय प्रगतिको सम्भावना रहेको छ। बुद्धि प्रयोग गरेर पर्याप्त धन आर्जन गर्नमा तपाई सफल बन्नुहुनेछ। यो समयावधिमा तपाईले कुनै पनि अवसरबाट अपार सफलता हासिल गर्नुहुनेछ। पुरानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ।

प्रकाशित : आइतबार, चैत २७, २०७८१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नववर्षमा सूर्यदेव आफ्नो उच्च राशिमा प्रवेश गर्दै, दूर हुनेछ यी ३ राशिका दुख-दर्द