काठमाडौँ : सूर्यलाई सबै ग्रहहरूको राजा मानिन्छ। कुण्डलीमा सूर्यको स्थिति मजबूत हुने व्यक्तिले समाजमा खूब मान-सम्मान र जागिरमा उच्च पद हासिल गर्छन्। यो सिंह राशिको स्वामी ग्रह हो। चन्द्रमा, मङ्गल र बृहस्पतिलाई सूर्यको मित्र ग्रह मानिन्छ। जबकि सूर्यको शत्रु ग्रह शुक्र र शनि हुन्। सूर्यदेव बैशाख १ गते(अप्रिल १४ तारिख) आफ्नो उच्च राशिमा मेषमा प्रवेश गर्दैछ। यो गोचरका कुन-कुन राशिका जातकले अथाह लाभ पाउनेछन् त ?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यो गोचर वृष राशिका व्यक्तिहरुका लागि शुभ फलदायी हुनेछ। करियरमा तपाईले अपार सफलता हासिल गर्नुहुनेछ। जागिरमा उच्च पद हासिल गर्नुहुनेछ। व्यापार व्यवसायीका लागि पनि यो गोचर शुभ साबित हुनेछ। आर्थिक स्थिति पहिल्यैभन्दा राम्रो हुनेछ। लगानीको लागि समय राम्रो छ। घर-जग्गा या नयाँ सवारी साधन खरिद गर्ने योजना बन्न सक्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यो गोचरको परिणामस्वरूप तपाईले पर्याप्त धन लाभ गर्नुहुनेछ। आर्थिक स्थिति पहिलेभन्दा धेरै सुदृढ हुनेछ। शत्रुहरूलाई परास्त गर्नुहुनेछ। प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्धमा सुधार आउनेछ। व्यवसाय विस्तारमा सफलता मिल्नेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
यो गोचरले तपाई कार्यक्षेत्रमा अपार आनन्द ल्याउनेछ। जागिरमा गर्ने जातकले प्रगति गर्नेछन्। सरकारी क्षेत्रसँग आबद्द व्यक्तिहरुका लागि पनि यो समय उत्तम फलदायी साबित हुनेछ। मिहिनेतले उचित प्रतिफल प्राप्त गर्नेछ। कामदारको तलब बढ्न सक्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
तपाईको आम्दानीमा अचानक वृद्धि हुन् सक्छ। धन लाभ हुने योग बनेको छ। व्यक्तिगत जीवनमा परिवारसँग गुणस्तरीय समय बिताउनुहुनेछ। नयाँ परियोजनामा काम गर्ने अवसर पाउनुहुनेछ। एक भन्दाबढी ठाउँहरुबाट धन कमाउनुहुनेछ।