पापी ग्रह राहु-केतुको गोचर शनिदेवका २ प्रिय राशिलाई शानदार रहने, पाउनेछन् ठूलो सफलता

काठमाडौँ : राहु-केतुले सधैं प्रतिगामी चाल चल्दछ। यसको मतलब यिनीहरु अगाडी होइन पछाडीका राशिमा गोचर गर्छन्। चैत २९ गते मङ्गलबार(१२ अप्रिल) राहु-केतुको राशि परिवर्तन हुनेछ। यस दिन राहु वृष राशिबाट मेष राशिमा प्रवेश गर्नेछ भने केतु वृश्चिक राशिबाट तुला राशिमा आउनेछ। यी दुवै पापी ग्रहको गोचर कतिपय राशिका लागि निकै खास रहनेछ भने केहीले चुनौतीका सामना गर्नुपर्नेछ। शनिदेवका प्रिय राशि मकर र कुम्भ राशिका लागि यो गोचर लाभदायी साबित हुनेछ।

शनिदेवको प्रिय राशिका लागि राहु-केतुको गोचर शानदार रहनेछ। यसका साथै ठूलो सफलता हासिल हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शनिदेव मकर राशिको स्वामी ग्रह हो। मकर राशिका जातकका लागि यो गोचर लाभदायक साबित हुनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। करियरमा स्वर्णिम सफलता मिल्नेछ। आर्थिक लाभको प्रबल सम्भावना छ। घरजग्गामा लगानी गर्न समय अनुकुल छ। तपाईले यस समयावधिमा एक भन्दा बढी श्रोतहरुबाट कमाउन सक्षम हुनुहुनेछ। व्यापार-व्यवसाय विस्तारको लागि पनि समय उपयुक्त छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

राहु-केतुको गोचर कुम्भ राशिका लागि पनि लाभदायक साबित हुनेछ। तपाईको आत्मविश्वास र इच्छाशक्ति बढ्न सक्छ। नयाँ कामको खोजीमा रहेकाले मनले चाहेको जागिर प्राप्त गर्नेछन्। सम्पत्तिबाट लाभ मिल्ने सम्भावना छ। व्यापारमा नयाँ सम्झौता हुन् सक्छ। केही पुरानो रोगबाट पीडितहरूले यस अवधिमा केही राहत पाउन सक्छन्।

प्रकाशित : शुक्रबार, चैत २५, २०७८१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुधको गोचर : आउँदो १४ दिन यी राशिलाई अशुभ, आउनेछन् कठिनाई