बुधको गोचर : आउँदो १४ दिन यी राशिलाई अशुभ, आउनेछन् कठिनाई

काठमाडौँ : बुध ग्रहले ज्ञान, बुद्धि र वाणीको प्रतिनिधित्व गर्दछ। बुध सूर्यको सबैभन्दा निकट ग्रह हो। बुध बिहिबारसम्म मीन राशिमै थियो। चैत्र २५ गते शुक्रबार बिहान बुध मेष राशिमा प्रवेश गरेको हो। बुध मेष राशिमा बैशाख १२ गतेसम्म रहन्छ।

बुध कुनै पनि राशिमा १४ दिनसम्म रहन्छ। यहीँ कारण बुधलाई सबैभन्दा तेज गतिमा चल्ने ग्रह मानिन्छ। मेष राशिमा बुधको गोचरले सबै राशिहरूलाई असर गर्नेछ। यस समयावधिमा कुन-कुन राशिहरुले सावधानी अपनाउनुपर्नेछ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिहरुको भविष्यमा यो गोचरले राम्रो प्रभाव पार्नेछ। यस अवधिमा आफ्नो आत्मविश्वासमा घमण्ड नगर्नुहोला। आम्दानी बढ्ने अनुमान गरिएको छ। परिवारसँग यात्राको अवसर मिल्न सक्छ। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वैदेशिक व्यापार गर्ने तथा अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीका लागि यो गोचर निकै राम्रो साबित हुनेछ। आर्थिक रुपमा यस समयावधिमा निकै खर्च बढ्न सक्छ। सावधानीपूर्वक लगानी गर्नुहोला। यस राशिका सिङ्गल व्यक्तिहरुको गोचर अवधिमा खास व्यक्तिसँग भेट हुन् सक्छ। स्वास्थ्य अवस्था भने यस अवधिमा कमजोर रहन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको रचनात्मक क्षमता बढ्नेछ। सेयर बजारसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय राम्रो साबित हुनेछ। प्रेम सम्बन्धमा राम्रो परिणाम हासिल हुनेछ। आफूलाई शारीरीक र मानसिक रुपमा बलियो पाउनुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका व्यक्तिहरुले करियरमा उतारचढावको सामना गर्नुपर्नेछ। जागिरेहरुले यस अवधिमा आफ्नो सरुवाको खबर पाउनेछन्। तपाईले यस अवधिमा आफूमा कामको अत्यधिक बोझको महसुस गर्नुहुनेछ। कुनै पनि काम सावधानी र शान्तिपूर्ण ढङ्गले गर्नुहोस्। तपाईको खर्च बढ्न सक्छ। पिताको स्वास्थ्य अवस्थामा सुधार आउन सक्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

जीवनमा अगाडी बढ्न साथीभाई तथा आफन्तजनले हौशला प्रदान गर्नेछन्। कार्यस्थलमा सफलता हात पर्नेछ। यो गोचरले तपाईको आर्थिक जीवनमा राम्रो प्रभाव पार्नेछ। स्वास्थ्यको हिसाबले यो गोचर तपाईको लागि राम्रो साबित हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यस अवधिमा तपाईले चुनौतीको सामना गर्नुपर्नेछ। तनाव बढ्न सक्छ। हिम्मत नहार्नुहोस् र धैर्य राख्नुहोस्। आर्थिक रूपमा तपाईले गोप्य श्रोतहरुबाट लाभ मिल्न सक्छ। विवाहितहरुका लागि यो समय राम्रो रहनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

व्यापार-व्यवसायसँग जोडिएका व्यक्तिहरुका लागि यो गोचर शुभ साबित हुनेछ। यो समय तपाईको लागि अनुकूल रहनेछ। विवाहितहरूले आफ्नो परिवारको ख्याल गर्नुहोला। यस समयमा तपाई ऊर्जाले भरिपूर्ण हुनुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईले धेरै चुनौतीहरुको सामना गर्नुपर्नेछ। तपाईले कार्यक्षेत्रमा उतार-चढाव महसुस गर्नुहुनेछ। आफ्नो खर्चमा नियन्त्रण गर्नुहोला। व्यक्तिगत जीवनमा साथीभाई र परिवारको पूरा साथ र सहयोग मिल्नेछ। तपाईको स्वास्थ्य अवस्था कमजोर हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तपाईले व्यवसाय र करियरमा प्रगति गर्नुहुनेछ। आर्थिक मामिलासम्बन्धित निर्णयहरु हतारमा नलिनुहोला। सन्तानका उपलब्धीले तपाईको मन प्रसन्न बनाउनेछ। पितासँगको सम्बन्धमा सुधार आउनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

गोचर समयावधिमा खर्च बढ्नेछ। मातापिताको स्वास्थ्यमा सुधार आउनेछ। स्वास्थ्यको हिसाबले हेर्दा सानातिना समस्याले सताउने देखिन्छ। खानपानमा ख्याल गर्नुहोला। नयाँ वाहन र सम्पत्ति खरिद गर्ने योजना बन्न सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका जातकले आफ्ना प्रतिद्वन्द्वीमाथि विजय हासिल गर्नेछन्। छोटो यात्रामा खर्च हुन् सक्छ। धेरै खर्च नगर्नुहोला, अन्यथा भविष्यमा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ। दाजुभाई-दिदीबहिनी तथा साथीहरुसँग अविस्मरणीय समय व्यतीत गर्नुहुनेछ। सन्तान लाभको शुभ समाचारले मन आह्लादित बनाउनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आर्थिक पक्षको दृष्टिकोणले यो समय तपाईको लागि शुभ साबित हुनेछ। प्रेमसम्बन्धमा सानोतिनो झगडाले खटपट ल्याउन सक्छ। मुख र दन्तसम्बन्धी रोगले चिन्तित बनाउनेछ।

प्रकाशित : शनिबार, चैत २६, २०७८१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्र, मङ्गल र बृहस्पतिको महासंयोग : यी राशिका जीवनमा आउनेछ प्रलय, सचेत रहनुस्