अहिले सामाजिक सञ्जालमा रणबीर कपूर र आलिया भट्टको विवाहको खबरले निकै चर्चा पाएको छ । अहिले रणबीर र आलिया दुवै आफ्नो विवाहको तयारीमा लागेका छन् । केही समय पहिलेसम्म आफ्नी प्रेम सम्बन्धलाई सामाजिक सञ्जालबाट टाढा राखेका यी दुई अभिनेता अभिनेत्री पछिल्लो केही समय देखि आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बोल्न थालेका थिए ।
बलिउड क्षेत्रमा आलियालाई चनचले अभिनेत्रीको रुपमा चिन्न सकिन्छ भने रणबीरलाई चकलेटी अभिनेताको रुपमा बयान गरेको पकाउन सकिन्छ । बलिउड क्षेत्रमा रणवीरको नाम धेरै अभिनेत्रीसँग जोडिएको थियो ।
केही वर्ष पहिले अभिनेत्री दीपिका पादुकोण र रणवीरको प्रेम सम्बन्धको चर्चा निकै थियो । तर अहिले रणवीर सिंहसँग विवाह गरेर आफ्नो वैवाहिक जीवन रमाइरहेकी छिन् ।
रणबीरको प्रेम सम्बन्धको चर्चा दीपिका मात्र नभई कट्रिना कैफसँग पनि जोडिएको थियो । कट्रिना र रणबीरले पनि उनीहरुको प्रेम सम्बन्धलाई कहिले सामाजिक रुपमा स्वीकार गरेनन् तर सामाजिक सञ्जालमा कट्रिनाको विषयलाई लिएर अभिनेता सलमान खान र रणबीरको झगडा परेको भन्दै केही खबर सार्वजनिक भएको थियो ।
हालै सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ । जसमा अभिनेत्री आलियाले एक अन्तर्वार्ता दिने क्रममा उनलाई अभिनेता रणबीर ११ वर्षको उमेर देखि नै मन परेको बताएकी छिन् । यसको साथै रणबीरको पहिलो बलिउड फिल्म ‘सांवरीया’ हेरे देखि नै आफू रणबीरको ठूलो फ्यान भएको बताएकी छिन् ।