कुनैबेला कारपुलिङ-उबर गर्ने श्वेता त्रिपाठीले अन्तत: किनिन् करौडौंको मर्सिडिज

एजेन्सी : श्वेता त्रिपाठी आफ्नो अदभूत अभिनयका लागि परिचित छिन्। मिर्जापुरको दोस्रो सिजनमा उनको गजगामिनी उर्फ ​​गोलु गुप्ताको भूमिकाको सबैले तारिफ गरेका थिए। उनले अहिलेसम्म थुप्रै हिट फिल्महरु दिएकी छिन्। अहिले उनले आफ्नो पोल्टामा गतिला प्रोजेक्ट्स पनि पारेकी छिन्।

उनले आफ्नो करियरमा यो स्थान हासिल गर्न निकै मेहनत गरेकी छिन्। चलचित्र क्षेत्रमा सफलता हात पार्नुअघि उनी ऊबर र कारपुलिङ गरी यात्रा गर्थिन्। अहिले उनी आफ्नो ड्रिम कार मर्सिडिजको मालिक्नी बनेकी छिन्।

श्वेता त्रिपाठीले सन् २००९ मा ‘क्या मस्त है लाइफ’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिईन्। त्यसपछिबाट उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन्। मसान, हरामखोर, गन केश, मिर्जापुर, द गन गेमदेखि ये काली काली आंखेंसम्म श्वेताले आफ्नो उत्कृष्ट एवं जीवन्त अभिनयले चलचित्र जगतमा अलग स्थान बनाएकी छिन्।

श्वेता एक प्रतिभाशाली अभिनेत्रीका साथै कविता पनि लेख्छिन्। उनका कतिपय कविताहरु चर्चित पनि भएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार श्वेताले हालै आफ्नो ड्रिम कार मर्सिडिज खरिद गरेकी हुन्। उनी सम्पन्न परिवारकी भएपनि आफ्ना हरेक इच्छा-आकांक्षाहरु आफ्नै दम पूरा गर्छिन्। कुनैबेला ट्याक्सी भाडा तिर्न कठिन हुनेदेखि मर्सिडिज किन्नेसम्मको क्षमता उनी आफैँले बनाएकी हुन्।

मसानमा श्वेता त्रिपाठी विक्की कौशलकी प्रेमिका बनेकी थिईन्। त्यस्तै हरामखोरमा नवाजुद्दीन सिद्दिकीको विद्यार्थी सन्ध्याको भूमिका निभाएकी थिईन्। उनले मिर्जापुर वेब सिरिजमा पनि दमदार अभिनय गरेकी थिईन्। अहिले उनी ‘द क्लिनिङ लेडी’मा आधारित ‘साफ’मा व्यस्त छिन्।

प्रकाशित : शुक्रबार, चैत २५, २०७८१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जालमा सक्रिय मोडेल सुरविना, गर्दै छिन् बलिउडमा जाने तयारी !