सुपर स्टार अल्लु अर्जुन टलिउड उद्योगका एक चर्चित अभिनेता हुन् । उनको अभिनयका साथसाथै उनको स्टा:-इलका कारण लाखौँ युवतीहरु अभिनेता प्रति मोहित छन् । आज अर्थात् ८ अप्रिल २०२१ मा अल्लु अर्जुन आफ्नो ३८ औँ जन्मदिन मनाउँदै छन् । आज अभिनेताको जन्मदिनमा हामी अल्लु अर्जुनको अभिनय क्षेत्रलाई उकास्ने उत्कृष्ट फिल्महरूको बारेमा बताउछौँ।
रेस गुर्रम
अल्लु अर्जुनको फिल्म ‘रेस गुर्रम’ एक एक्शन कमेडी फिल्म हो, एक फिल्ममा अभिनेतले सामान्य युवकको भूमिका निभाएका छन्। यस चलचित्रको कथामा अभिनेता जसको जीवन अचानक परिवर्तन हुन्छ जब एक खतरनाक अपराधी शिव रेड्डी उनको जीवनमा प्रवेश गर्छ। अहिले यो फिल्मलाई युट्युबमा हेर्न सकिन्छ ।
सरायनाडू
सन् २०१६ मा रिलिज भएको यो फिल्ममा अल्लु अर्जुनले भ्रष्टाचारी र अन्याय गर्नेलाई सजाय दिने पूर्व सैनिकको भूमिका निभाएका छन् । फिल्ममा अभिनेताको दमदार एक्सनसँगै उनको रोमान्टिक स्टाइल पनि देख्न सकिन्छ, जसलाई दर्शकले निकै रुचाएका थिए । यसको कलेक्शनको कुरा गर्दा फिल्मले विश्वभर करिब १२७ करोडको व्यापार गरेको थियो । यो फिल्म जियो सिनेमामा हेर्न सकिन्छ ।
अला वैकुंठपुरमलो
सन् २०२० मा आएको फिल्म ‘अला वैकुंठपुरमलो’ अल्लु अर्जुनको सुपर हि-ट फिल्ममध्ये एक हो । यस फिल्ममा अभिनेतासँगै बलिउड अभिनेत्री पूजा हेगडे पनि देखिएकी छन् । फिल्ममा अल्लुको अभिनयको बारेमा कुरा गर्दा अभिनेताले बन्टु नामको व्यक्तिको भूमिका निभाएका छन्, जो आफ्नो बुबालाई खोज्न निस्कन्छ र पछि परिवारलाई उत्पीडन गर्ने व्यक्तिबाट आफ्नो परिवारलाई बचाउँछ।
डिजे
दक्षिण अभिनेता अल्लु अर्जुनको अर्को उत्कृष्ट फिल्म डीजे (दुव्वाद जगन्नाथ) सन् २०१७ मा रिलिज भएको थियो। फिल्मको कथा विवाह र चाडपर्वमा खाना पकाउने काम गर्ने व्यक्तिको वरिपरि घुमेको छ । यस चलचित्रमा अभिनेता अल्लु अर्जुन एक क्रोधित शैलीले पात्रको भूमिकामा देखिएका छन् । जसमा अभिनेताले धेरै अपराधीहरूलाई तिनीहरूको कार्यको सजाय दिन्छन् । साथै अभिनेताले उनको यस कामलाई आफ्नी परिवारबाट गोप्य रुपमा गर्छन् ।
पुष्पा: द राइज
यस फिल्ममा कलाकारको उत्कृष्ट अभिनयले सबैको मन जितेको छ । फिल्ममा अल्लु अर्जुनको पात्रले उनले हालसम्म खेलेका सबै पात्रभन्दा निकै फरक थियो । पुष्पमा अल्लु अर्जुन मजदुरबाट तस्करीको राजा बनेको देखिन्छन् । यस फिल्ममा कलाकारको अभिनयलाई दर्शकले मन पराएका छन् ।