रश्मि देसाई भारतीय टेलिभिजन क्षेत्रको सुन्दर र प्रतिभाशाली अभिनेत्री हुन् । उनले आफ्ना फ्यानलाई मोहित बनाउन गर्ने कुनै मौका छोड्दिनन् । उनी आफ्ना फ्यानहरूलाई आफ्नो पछिल्लो फोटो शूटको झलक देखाएकी छिन् । अहिले उनले सामाजिक सञ्जालमा आफ्ना नयाँ तस्बिर सार्वजनिक गरेकी छिन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हेर्नुहोस् रश्मि देसाईका नयाँ तस्बिरहरु…
रश्मि देसाईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पछिल्लो फोटोहरु सेयर गरेकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।
उनले मल्टी कलरको क्रप टप लगाएकी छिन् र यससँगै उनी मिल्दो रङको टाइट फिटिङ पायजामामा देखिएकी छिन् ।
रश्मि देसाईको यो ग्लै:-मरस लुकले इन्टरनेटमा कब्जा जमाएको छ । फ्यानहरुले कमेन्ट सेक्शनमा उनको तारिफ गरिरहेका छन् ।
यसअघि पनि रश्मि देसाईले आफ्ना धेरै फोटो शूटको झलक देखाइसकेका छन्, जसलाई उनका फ्यानहरुले निकै मन पराएका थिए ।
रश्मि देसाई धेरै टिभी शोमा भाग लिएकी छिन् । रश्मि हाल एकता कपूरको शो ‘नागिन ६’ मा देखिएकी छिन् ।