‘पुष्पा २’ मा यस अभिनेतासँग भयङ्कर भीडन्त हुनेछ अल्लू अर्जुनको

एजेन्सी : आजकल दक्षिण भारतीय फिल्महरुले भारतका हिन्दी भाषी राज्य लगायत नेपालमा पनि तहल्का मच्चाउने गरेका छन्। साउथका एक्सन हिरोहरुका अगाडि पुरै बलिउड असफल भएको देखिन्छ। पछिल्लो समय जति पनि फिल्महरु हिट भएका छन् ती सबै साउथ फिल्महरु हुन्। यतिबेला ‘आरआरआर’ ले हलहरुमा कब्जा जमाईरहेको छ। यसअघि पुष्पा फिल्मले निकै धमाका मच्चाएको थियो।

अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा अचम्मैको कमाल गरेको थियो। फिल्ममा अभिनेत्री रश्मिका मण्डन्नासँगको उनको केमिस्ट्रीले राम्रो स्थान पायो। कोरोना महामारीपछि सुस्ताएको बक्स अफिसलाई पुष्पाले उर्जा दिएको थियो। अहिले दर्शकहरु पुष्पाको दोस्रो भागको व्यग्र प्रतीक्षामा छन्।

‘पुष्पा २’ का बारेमा थुप्रै समाचारहरु सार्वजनिक भएका छन्। बहुप्रतीक्षित फिल्म पुष्पा २ मा अल्लू अर्जुनको भीडन्त आईपीएस अफिसरसँग हुने पक्का-पक्की छ। अघिल्लो पार्टले नै फहाद फासिल र अल्लू अर्जुनबीच भीडन्त हुने तय गरिसकेको छ।

प्रकाशित : बिहिबार, चैत २४, २०७८१४:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाह्नवीको यस्तो पोसाक देखेर भड्किए फ्यान, पोसाकको कारण अभिनेत्री समस्यामा