दक्षिण भारतीय चलचित्र ‘के. जि. एफ २’ नेपाली वितरण टिमले नेपालको हालहरुमा प्रदर्शन गर्नको लागि साढे तिन करोडमा अनुमति पाएको छ । यस चलचित्र हिन्दी, कन्नड, तामिल र मलयालम भाषामा रिलिज गर्ने भएको छ । नेपालले भने यस चलचित्र हिन्दी भाषाको लागि अनुमति पाएको छ । चलचित्र ‘के. जी. एफ २’ आगामी नयाँ वर्षको दिन बैशाख १ गते रिलिज हुने भएको छ ।

साथै यस मितिमा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुने भएको छ । यस भन्दा पहिले विभिन्न अभिनेता हिन्दी चलचित्रसँग भिड्न डराएको अवस्थामा यस चलचित्रको निर्मात्री तथा अभिनेत्री झरना थापा आफ्नी चलचित्र राम्री बनेको जसको कारण दर्शकले हिन्दी चलचित्र भन्दा आफ्नो चलचित्र हेर्ने विश्वस्त भएकोभनेकी छिन् ।

निर्मात्री झरना थापाले आफ्नो चलचित्र करिब २ करोडको लगानी बनेको बताएकी छिन् भने दक्षिण भारतीय चलचित्र ‘के. जी. एफ २’ नेपाली वितरण टिमले नेपालको हालहरुमा प्रदर्शन गर्नको लागि साढे तिन करोडमा अनुमति पाएको बताएको छ । यस्तो अवस्थामा यी दुई चलचित्र जुदाउँदा दुवै पक्षलाई घाटा हुने हो या कसले बाजी मर्ने हो त्यो भने हेर्न बाकि छ ।