बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर अहिले आफ्नो गर्भावस्थाको आनन्द लिइरहेकी छिन् । हालै उनले पति आनन्द आहुजाको साथमा केही पोस्ट सेयर गरेर आफ्नो गर्भावस्थाको खबर सार्वजनिक गरेकी हुन् । अब सोनमले फ्यानहरूलाई आफ्नो पछिल्लो फोटो शूटको झलक देखाएकी छिन्, जसमा उनी बेबी बम्प सार्वजनिक गरिरहेकी छिन्।

सोनम कपुरले गत महिना आफ्नो गर्भावस्थाको बारेमा फ्यानहरुलाई जानकारी दिएकी थिइन् । उनी छिट्टै आमा बन्न लागेकी छिन् ।

गर्भवती भएको घोषणा गरेपछि सोनम कपुरले पहिलो फोटोशूट गराएकी छिन् । जुन तस्बिर अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

सोनम कपुरले आफ्नो बेबी बम्पलाई निकै सुन्दर ढंगले सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री सेतो पहिरनमा देखिएकी छिन् र जसमा उनलाई निकै सुन्दर देखिएको छ ।

सोनमका यी तस्बिरलाई निकै लाइक र शेयर भइरहेको छ । फ्यानहरुले कमेन्ट मार्फत उनको निकै तारिफ गरिरहेका छन् ।




