विवाह भएको लामो समयपछि आमा बनिन् चर्चित कलाकार भारती !

भारतको चर्चित कमेडियन भारती सिंह आमा बनेकी छिन् । केही दिन पहिलेसम्म गर्भावस्थालाई लिएर चर्चामा रहेकी भारती सिंह अहिले आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । यो खुसीको खबर सार्वजनिक हुनासाथ अभिनेत्रीलाई उनका फ्यानले बधाई दिएका छन् । श्रीमान् हर्ष लिम्बाचियाको पनि खुसीको कुनै ठाउँ छैन । यो जानकारी जोडीले इन्स्टाग्राममा सेयर गरेका हुन् ।

भारती लामो समयदेखि आफ्नो गर्भावस्थाको यात्रा फ्यानसँग सेयर गर्दै आएका थिए । भारती गर्भवती भएदेखि नै दुवै आमा बन्न उत्साहित थिइन् । केही समय पहिले देखि नै भारतीले लगातार तस्बिर सेयर गरिरहेकी छिन् । बेबी बम्पमा उनको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

अहिले भारतीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै खुसी व्यक्त गरेकी छिन् । सार्वजनिक गरिएको तस्बिरमा जोडी सेतो पहिरनमा देखिएका छन् । यद्यपि उनले हालसम्म नवजात शिशुको फोटो सेयर गरेका छैनन् । वर्क-फ्रन्टको कुरा गर्ने हो भने भारती सिंह अहिले खतरा-खतरा शोको एक पात्र छिन् ।

प्रकाशित : सोमबार, चैत २१, २०७८११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्विमिंङ पुलमा देखियो अभिनेत्री बेनिशाको जवानी, तस्बिर भाइरल हुँदै !