बलिउड अभिनेत्री मलाइका आरोडाका फ्यानहरुलाई चिन्तित बनाउने एउटा ठूलो खबर आएको छ । वास्तवमा अभिनेत्रीको कार दुर्घटना भएको भनिएको छ, त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । रिपोर्टका अनुसार मलाइकाको कार मुम्बई नजिकै पनवेल क्षेत्रमा दुर्घटना भएको हो ।
मिडिया रिपोर्टका अनुसार मलाइकाका ड्राइभरले ड्राइभिङ गर्ने क्रममा सन्तुलन गुमाए र उनको कार अन्य तीन वटा कारसँग ठोक्कियो । मलाइकाको आँखामा चोट लागेको बताइएको छ । दुर्घटनापछि उनलाई मुम्बईस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो ।
एक मराठी रिपोर्टका अनुसार मलाइकालाई राज ठाकरेको पार्टी एमएनएसका केही कार्यकर्ताले अस्पताल लगेका छन् । मलाइकाको कारसँग ठोक्किएका अन्य तीनवटा कारहरू राज ठाकरेको बैठकमा सहभागी हुन पुणेबाट मुम्बई गइरहेका राजक कार्यकर्ताको हुन् भन्ने भरितिया सामाजिक सञ्जालमा उल्लेख गरिएको छ ।
भारतीय सामाजिक सञ्जालमा प्रकाशित खबर अनुसार मलाइका पुनेबाट मुम्बई फर्किदै गर्दा शनिबार बेलुका करिब ५:४५ को समयमा दुर्घटनामा परेको बताइएको छ ।