यी बलिउड अभिनेत्रीले अस्वीकार गरेका थिए राजामौलीको ‘आरआरआर’, अहिले पछुताउँदै !

निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ । फिल्मले कयौं रेकर्ड तोडेर इतिहास रचेको छ । फिल्ममा जुनियर एनटीआर, राम चरण, आलिया भट्ट र अजय देवगन जस्ता स्टारहरूले अभिनय गरेका छन्। यस फिल्मको कास्टिङका ​​क्रममा धेरै अभिनेत्रीसँग अफर गरिएको भए पनि कुनै न कुनै कारणले उनीहरु भाग लिन सकेनन् । जानौँ ती अभिनेत्रीहरुका बारेमा ।

आलिया भट्ट र ओलिविया मोरिस

फिल्म ‘आरआरआर’मा आलिया भट्ट र ओलिविया मोरिसको भूमिका छ । दुवैको भूमिकाका लागि धेरै अभिनेत्रीलाई अप्रो:-च गरिएको थियो तर उनीहरुले प्रस्ताव अस्वीकार गरेका थिए ।

श्रद्धा कपूर

‘आरआरआर’ को टिमले श्रद्धा कपूरलाई जुनियर एनटीआरको अपोजिट रोल अफर गरेको थियो तर व्यस्तताका कारण श्रद्धाले अस्वीकार गरेकी थिइन् ।

इसाबेल कैफ

ओलिभिया मोरिसको भूमिकाका लागि कट्रिना कैफकी बहिनी इसाबेस कैफलाई अ:_प्रोच गरिएको थियो तर उनले अस्वीकार गरेकी थिइन् ।  रिपोर्टका अनुसार इसाबेलले फिल्मको स्क्रि:-प्ट र डिटेल्स मागेकी थिइन्, जसका कारण उनी फिल्ममा अनुबन्धित हुन् सकेकी थिइनन् ।

परिणिती चोपडा

फिल्ममा सीताको भूमिकाका लागि आलिया भट्टको स्थानमा परिणिती चोपडालाई लिने विचार गरिएको थियो तर २०१९ मा यी रिपोर्टहरूमा परिणितीले भनिन्, ‘म तपाईहरुलाई यति मात्र भन्न चाहन्छु कि तपाईहरु पर्खनुहोस् र प्रतिक्षा गर्नुहोस् ।

एमी ज्याक्सन

‘आरआरआर’का निर्माताहरूले एमी ज्याक्सनलाई जुनियर एनटीआरको अपोजिटमा कास्ट गर्ने बताइएको थिए। तर पछि अभिनेत्री एमीसँग फिल्म टिमले सम्पर्क गर्दा अभिनेत्री गर्भवती भएकोले योजना त्याग्नुपर्‍यो।

प्रकाशित : आइतबार, चैत २०, २०७८१२:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संस्कारी बुहारी तथा ‘बिग बोस’ विजेता रुबीनाको अहिले सम्मकै बो:_ल्ड रुप, तस्बिर सहित !