साधारण तारिखमा छोडेर मुद्दा लड्न अभिनेता शाहको माग

नाबालिगलाई जबर्ज-स्ती गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पुर्पक्ष थुनामा राखिएको छ । अहिले अभिनेताले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका छन् । अभिनेता पल शाहका कानुनी सहयोगीले चैत १५ मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेतालाई तारेखमा छाड्न पोखरामा पुनरावेदन निवेदन निवेदन दिएका छन् ।

गत चैत १० गते अभिनेतालाई तनहुँ जिल्ला अदालतले थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । पछिल्लो केही समय देखि अभिनेताले नाबालिगलाई विवाह गर्छु भने विभिन्न प्रलोभनमा परेर जब-र्जस्ति करणी गरेको देखिएको भन्दै चैत १० जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

कानुनी मान्यता अनुसार जब-र्जस्ती करणीको मुद्धामा अदालतले थुनामा राखेर, साधारण तारिखमा छोडेर  वा धरौटीमा छाडेर पनि अनुसन्धान गर्न सकिने अदालतले आदेश दिन सक्ने व्यवस्था  रहेको हुँदा निवेदन दिएको अभिनेताका कानुन व्यवसायी भानुभक्त सुवेदीले बताएका छन् । अभिनेता करिब एक महिना देखि यस विषयमा मुद्दा खेपी रहेका छन् ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८१४:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि सामाजिक सञ्जालमा झनै खुल्दै अभिनेत्री मौनी समुन्द्री किनारमा देखिइन् यस्तो रुपमा !