बलिउड अभिनेत्री श्रद्धा र नेपाली युवक रोहन श्रेष्ठको ब्रेक-अप ?

हालै केही भारतीय सञ्चार मध्यममा बलिउड अभिनेत्री श्रद्धा कपूर र नेपाली युवक रोहन श्रेष्ठको ब्रेक-अप भएको खबर सार्वजनिक भएको छ ।

नेपाली कलाकार तथा जनतासँग बलिउडक थुप्रै कलाकारको नजिकको सम्बन्ध रहेको छ । त्यसतै बलिउडका अभिनेता गोबिन्दाको ससुराली नेपालको उनको श्रीमती सुनिता नेपाली हुन् । त्यस्तै केही समय पहिले बलिउडको चर्चित अभिनेत्री श्रद्धा कपूर र नेपाली युवक रोहन श्रेष्ठको प्रेम सम्बन्धले निकै चर्चा पाएको थियो ।

सामाजिक सञ्जालमा रोहन र श्रद्धाको प्रेम सम्बन्धको चर्चा चले पनि सामाजिक सञ्जालमा संवादको क्रममा अभिनेत्रीले उनीहरुको प्रेम सम्बन्धलाई कहिले पनि स्वीकार गरेकी छैनन् । केही समय पहिले पनि उनीहरु छुट्टिएको खबर सार्वजनिक भएको थियो । अहिले सामाजिक सञ्जालमा सेती चर्चा चल्नुको कारण हो हालै अभिनेत्रीको जन्म दिनको पार्टीमा रोहन सहभागी भएनन् ।

स्रोतका अनुसार यी दुई पछिल्लो चार वर्षदेखि सम्बन्धमा थिए । उनीहरु बिचमा मात्र राम्रो सम्बन्ध नभई उनीहरुको परिवार बिचमा पनि राम्रो सम्बन्ध रहेको छ । केही भारतीय मिडियाको अनुसार दुईको सम्बन्धमा जनवरीदेखि नै खट्पट सुरु भएको बताइएको छ ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएकी यी बच्ची १५ वर्षमा घरबाट भागेकी थिइन्, अहिले छिन् बलिउडको उच्च स्थानमा