तस्बिरमा देखिएकी यी बच्ची १५ वर्षमा घरबाट भागेकी थिइन्, अहिले छिन् बलिउडको उच्च स्थानमा

बलिउड अभिनेत्री कंगना रनौत आफ्नो अभिनयको साथै फरक स्टा-इलका कारण चर्चामा रहन्छिन् । कंगना रनौतलाई आज कुनै प्रकारको परिचयको आवश्यक पर्दैन । तर एक समय थियो जब उनी सानै उमेरमा घरबाट भागिन्। २३ मार्च १९८७ मा हिमाचल प्रदेशको भाम्बलामा जन्मेकी अभिनेत्री कंगना रनौतले हालै आफ्नो ३६ औँ जन्मदिन मनाएकी छिन् ।

अभिनेत्री कंगना रनौत आफ्नो कुरा खुलेर र बिना डरको साथ राख्छिन्। जसका कारण उनी बारम्बार चर्चामा रहन्छिन् । कहिलेकाहीँ अभिनेत्री उनको बोलीका कारण ट्रोल पनि हुने गरेकी छिन् । कंगना रनौतलाई हिन्दी सिनेमामा ‘क्वीन’ भनेर पनि चिनिन्छ । फ्यान, दर्शकले उनलाई यो नाम दिएका छन् ।

कंगनाले बलिउड क्षेत्रमा कम गरेको लगभग १६ वर्ष भइसकेको छ । उनी सानैदेखि हिन्दी फिल्ममा काम गरिरहेकी छिन् । सानै उमेरमा घर छोडेर आफ्नो करियर बनाउनको लागि मुम्बई आएकी थिइन् ।

कंगनाले १८ वर्षको उमेरमा हिन्दी सिनेमामा पाइला राखेकी थिइन् । उनको पहिलो फिल्म ‘ग्या-ङस्टर’ थियो । यो फिल्म सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मलाई मानिस हरुले निकै मन पराएका थिए । यो फिल्ममा उनको भूमिकाले पनि निकै चर्चा पायो ।

त्यसतै अहिले अभिनेत्रीको बाल्यकालको केही तस्बिर  सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।तस्बिरमा अभिनेत्रीलाई निकी सुन्दर  देखिको छ ।  अहिले मानिसहरुलाई अभिनेत्रीको यो तस्बिर चिन्न निकै मुस्किल भएको छ ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोहनसँग ब्रेक-अपको हल्लापछि अभिनेत्री श्रद्धाको आयो यस्तो प्रतिक्रिया !