काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार कुनै ग्रहले राशि परिवर्तन गर्दा त्यसको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। राशि परिवर्तन कसैको लागि शुभ र कसैको लागि अशुभ साबित हुनेछ। बुधदेव बिहिबार चैत्र १० गते मीन राशिमा गोचर गरेको छ, जहाँ सूर्यदेव पहिल्यैदेखि विराजमान छ। मीन राशिमा बुध र सूर्यको उपस्थितिले बुधादित्य योग बन्नेछ। ज्योतिष शास्त्रमा यो योगलाई राजयोग बराबर मानिन्छ। मीन राशिमा बुधादित्य योग बन्दा यी ४ राशिलाई विशेष लाभ मिल्नेछ। जान्नुहोस् कुन-कुन राशिलाई हुनेछ त लाभ : –
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बुधादित्य योगको निर्माण वृष राशिका जातकको लागि लाभदायक साबित हुनेछ। तपाईको राशिको ११ औँ भावमा यो योग बन्नेछ, जसलाई आय र लाभको स्थान भनिन्छ। यस अवधिमा तपाईको आयमा वृद्दि हुनेछ। व्यापारमा राम्रो मुनाफा हुन् सक्छ। समाजमा मान-सम्मान मिल्नेछ। प्रतिष्ठा बढ्न सक्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
बुधादित्य योगको निर्माण तपाईको राशिको दशौँ भावमा हुनेछ, जसलाई करियर र कामको स्थान भनिन्छ। यस समयावधिमा तपाईले नयाँ जागिरको प्रस्ताव प्राप्त गर्नुहुनेछ। जागिर गर्ने जातकको बढुवा हुन् सक्छ। व्यापारमा धन लाभ हुन् सक्छ। राजनीतिमा सक्रिय मानिसहरुले उच्च पद हासिल गर्नेछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बुधादित्य योगको निर्माण तपाईको राशिका लागि शुभ फलदायी साबित हुनेछ। तपाईको राशिमा यो योगको निर्माण नवौँ भावमा हुँदैछ, जसलाई भाग्यको भाव पनि भनिन्छ। यस अवधिमा भाग्यले तपाईलाई पूरा साथ दिनेछ। रोकिएका कामहरु पूरा हुनेछन्। व्यापारमा सफलता मिल्न सक्छ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुले सफलता हात पार्नेछन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
बुधादित्य योगको निर्माण तपाईको राशिको दोस्रो भावमा हुँदैछ, जसलाई धन र वाणीको भाव भनिन्छ। यस समयावधिमा तपाईलाई आकस्मिक धन लाभ हुन् सक्छ। तपाईले कतैबाट रोकिएको पैसा फिर्ता पाउनुहुनेछ। विदेशबाट धन लाभ हुन् सक्छ।