यो एक उपायले बलवान हुनेछन् बृहस्पति देव, मिल्नेछ धन, वैभव, दाम्पत्य सुख !

ज्योतिष शास्त्रका अनुसार देव गुरु बृहस्पतिलाई सबै ९ ग्रहहरूमध्ये सबैभन्दा ठूलो र शुभ ग्रह मानिन्छ। ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई सुख, वैभव, ऐश्वर्य, वैवाहिक जीवन, सन्तान र विवाहको कारक ग्रह मानिन्छ। जसको कुण्डलीमा बृहस्पति देव उच्च स्ठानमा हुन्छन् युस मानिसको जीवन सधैँ राम्रो र शुभ फल मात्र मिल्ने गर्दछ ।

त्यस्तै यदि कुनै पनि व्यक्तिको कुण्डलीमा बृहस्पतिको स्थिति कमजोर छ भने, व्यक्तिको जीवनमा सधैँ ज्ञान सम्मान र धनको कमी रहन्छ। सुखी दाम्पत्य जीवनका लागि ज्योतिष शास्त्रका अनुसार दाम्पत्य जीवनमा बृहस्पति ग्रहको विशेष प्रभाव हुन्छ । भगवान विष्णु र माता लक्ष्मी समृद्धिको प्रतीक हुन्। दाम्पत्य जीवनमा सुख-समृद्धि प्राप्त गर्नको लागि बिहीबार भगवान विष्णु र देवी लक्ष्मीको पूजा गर्नुहोस्। बृहस्पति देवको आशीर्वाद प्राप्त गर्न बिहीबारको व्रत बस्नाले धेरै फलदायी हुन्छ।

बिहीबार केराको रूखको पूजा गरेपछि भगवान सत्यनारायण वा बिहीबारको कथा सुन्न धेरै शुभ मानिन्छ। यसका साथै यस दिन पहेँलो रंगको कपडा लगाउनाले स्वास्थ्यमा समस्या भएको भएमा सुधार हुन्छ ।

बृहस्पति ग्रह कमजोर भएका व्यक्तिले बिहीबार व्रत गर्नुपर्छ । त्यस दिन पहेँलो रंगको कपडा लगाउनु पर्छ । तपाईंले यो उपवास ३, ९ वा १६ वर्षसम्म गर्न सक्नुहुन्छ। बृहस्पति ग्रह कमजोर भएकाले पुखराज धारण गर्नुपर्छ । यसका लागि योग्य ज्योतिषीको सल्लाह लिनुपर्छ । यसको साथै मातापिता, गुरु र ठूलालाई सम्मान गर्नुपर्छ। यसले बृहस्पति ग्रहलाई पनि बलियो बनाउँछ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१४:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट आउँदो १५ दिनसम्म ५ राशिका लागि वरदान समान, धन लाभको प्रबल योग