अहिले बलिउड अभिनेत्री सोनाम कपूरले आफ्ना अहिले उनको गर्भावस्थाको कारण चर्चामा छिन् । केही दिन पहिले मात्र अभिनेत्रीले फ्यानलाई चकित पार्दै गर्भावस्था खबर सार्वजनिक गरेकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जाल मार्फत आफू छिट्टै आमा बन्न लागेको बताएकी छिन् ।
अभिनेत्रीले यस खबरले फ्यानहरु निकै खुशी भएका छन् । अहिले अभिनेत्रीले उनको बेबी बम्प सहितको तस्बिर सार्वजनिक गर्दा फ्यानहरुको बधाईको बर्षा सुरु भएको छ ।
सोनम कपुर र उनका पति आनन्द आहुजा आफ्नो पहिलो सन्तानलाई जन्म दिन लागेका छन् । वास्तवमा सोनम कपूर विवाह गरेको चार वर्षपछि गर्भवती भएकी छिन्। अभिनेत्रीले आफ्नो अफि-सियल इन्स्टाग्राम खातामा यो खुसीको खबर दिएकी छिन् । इन्स्टाग्राममा सेयर गरिएको तस्बिरमा अभिनेत्रीको बेबी बम्प देखिएको छ ।
अहिले अभिनेत्री सोनमले सेतो टपको साथमा गाढा नीलो रंगको ट्राउजर र नीलो कलरको कोट लगाएकी छिन । सोनमले कोटको बटन खोलेकी छिन् जसमा उनको बेबी बम्प स्पष्ट देखिन्छ । यो तस्बिर अभिनेत्री एक कार्यक्रममा भाग लिएको समयको हो ।
सोनम कपूर र आनन्द आहुजाको विवाह ८ मे २०१८ मा भएको थियो । उनीहरुले विवाहअघि धेरै वर्ष एक-अर्कालाई डेट गरेका थिए । सोनम कपुर र आनन्द आहुजा बिचमा सन् २०१४ मा मित्रता भएको थियो र त्यसपछि दुवै एक-अर्काको प्रेममा परेका थिए ।
वर्क-फ्रन्टको बारेमा कुरा गर्दा, सोनम कपूर अन्तिम पटक सन् २०२० मा उनका बुबाको वेब सिरिज ‘एके भर्सेस एके’ मा देखिएकी थिइन्। अब उनी फिल्म ‘ब्ला-इन्ड’ मा काम गर्ने भएकी छिन् ।