नाबालिग गायिकालाई जर्ब-जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएको हुँदा आज नै अभिनेतालाई थुनछेक आदेश आउन सक्ने सम्भावना बढेको छ ।
अभिनेता पल शाहले नाबालिग माथि जब-र्जस्ति करणी गरेको आरोपमा अहिले जिल्ला अदालत तनहुँमा सुनुवाइ हुने क्रम बिहीबार पनि जारी रहेको छ। पल माथि १४ वर्षसम्म जेल सजायको माग गर्दै जिल्ला अदालत तनहुँमा केही प्रमाण सहित उजुरी परेपछि अहिले छलफल सकिए अब थुनछेक आदेश आउन रहेको छ ।
यसका साथै अभिनेता पलका म्यानेजर कृष्ण जोशी पनि केही दिन अघि पक्राउ परेका थिए । पीडित बालिकाले कृष्ण जोशीलाई पनि मतियारको काम गरेको भन्दै उजुरी दिएकी थिइन् । भने मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको पनि बयान लिएको थियो । बयानमा अभिनेताका म्यानेजरले आफूलाई सुरुमा २५ हजार तलबमा राखिएको र पछि नाबालिगसँगको सम्बन्ध बाहिरिएपछि अभिनेताले सहयोग माग्दै आफ्नो तलब ५० हजार बनाइदिएको बताएका थिए ।