यी ३ राशिका मानिसमा हुन्छ गजबको क्षमता, सजिलै जित्छन् कसैको पनि मन !

ज्योतिष शास्त्रका अनुसार हरेक राशिका मानिसमा केही राम्रो र केही नराम्रा गुणहरु हुन्छन्। यी विशेषताहरूले उनीहरूको व्यक्तित्वमा महत्त्वपूर्ण भूमिका खेल्छन्। आज हामी यस्तो गुणको बारेमा बताउँछौं जुन केही विशेष व्यक्तिहरूमा मात्र हुन्छ। हामी स्वादिष्ट खाना पकाउने गुणको बारेमा कुरा गर्दैछौं। ज्योतिषशास्त्रका अनुसार ३ राशिका महिला र पुरुषलाई खाना पकाउन मन लाग्ने मात्रै होइन, स्वादिष्ट खाना पकाउन पनि उत्तिकै उत्कृष्ट हुन्छन्। उनीहरु स्वादिष्ट खाना खुवाएर सजिलै मानिसको मन जित्न सफल हुन्छन्।

मिथुन राशि 

मिथुन राशिका मानिसहरु खाना पकाउन, खुवाउन र खान तीनै कुरा मन पराउँछन्। यो भन्न सकिन्छ कि उनीहरुलाई भान्सामा धेरै रमाइलो लाग्छ। नयाँ–नयाँ परिकार खान मन पराउँछन्। यस राशिका व्यक्तिहरूले घरका मानिसहरूलाई राम्रो खाना खुवाएर उनीहरूको क्रोध सजिलै मेटाउँछन्। यी व्यक्तिहरू साहसी र निडर पनि हुन्छन् र जोखिम लिन डराउँदैनन्।

कन्या राशि 

 

कन्या राशिका मानिसहरु धेरै भावुक हुन्छन्। यसका साथै उनीहरु निकै बुद्धिमानी पनि हुन्छन्। यी व्यक्तिहरू सबैलाई खुसी राख्ने प्रयास गर्छन् र उनीहरूको खाना पकाउने सीप यस काममा धेरै उपयोगी हुन्छ। यी व्यक्तिहरू खाना पकाउन माहिर हुन्छन् र यति धेरै मायाले खाना पकाउँछन् कि मानिसहरू उनीहरुको मुरिद हुन्छन्।

तुला राशि 

तुला राशिका मानिसहरु पनि खाना पकाउन माहिर हुन्छन्। यी मानिसहरू शान्त र सन्तुलित जीवन मन पराउँछन्। अलिकति पनि तनाव भयो भने खाना पकाएर तनावबाट मुक्त हुन्छन्। यी मानिसहरू खाना पकाउने काम यति सिद्दतका साथ गर्छन् कि आफ्ना सबै दु:ख भुल्छन्। यी व्यक्तिहरू विभिन्न प्रकारका व्यञ्जनहरू कसरी बनाउने भनेर सिक्न धेरै छिटो हुन्छन्।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यहीँ शनिबार बृहस्पति ग्रह उदाउँदै, ५ राशिका जातकले हरेक क्षेत्रमा पाउनेछन् सफलता