काठमाडौँ : वैदिक ज्योतिष शास्त्र अनुसार ग्रहहरुमध्ये देवगुरु बृहस्पतिलाई सबैभन्दा शुभ फल दिने ग्रह मानिन्छ। जन्मकुण्डलीमा गुरु ग्रहको स्थिति शुभ भएको जातकको वैवाहिक जीवन सुखद् रहन्छ। यिनले जीवनमा सुख-समृद्धि प्राप्त गर्दछन्। गुरु ग्रह अस्ताउँदा या राशि परिवर्तन गर्दा सबै १२ वटै राशिमा प्रभाव पर्छ।
गुरु ग्रह बृहस्पति फागुन १२ गते(२४ फेब्रुअरी) मा अस्ताएको थियो र अब चैत १२ गते(२६ मार्च) शनिबार फेरि उदाउँदैछ। साँझ ६ : ३८ मा बृहस्पति ग्रहको उदय हुनेछ। वैदिक ज्योतिषशास्त्रका अनुसार कुनै ग्रह अस्ताउँदा त्यसको प्रभाव कम हुन थाल्छ। बृहस्पति ग्रह अस्ताउँदा त्यसको प्रभाव सबै १२ वटै राशिमा पर्छ। कुनै ग्रह उदाउँदा मानिसको भाग्य परिवर्तन हुन् थाल्छ। कुम्भ राशिमा बृहस्पतिको उदयले कुन राशिलाई कस्तो प्रभाव पार्ला त ? हेर्नुस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकको लागि कुम्भ राशिमा बृहस्पति ग्रहको उदय एघारौँ भावमा हुँदैछ। बृहस्पतिको उदय तपाईको राशिका लागि शुभ रहनेछ। यस अवधिमा तपाईको आत्मविश्वास बढ्नेछ। काम गर्नेलाई भाग्यले पूर्ण साथ-सहयोग दिनेछ। धनलाभको योग बन्नेछ। यो समयावधि तपाईको लागि वरदान समान हुनेछ। व्यवसायीका लागि यो समय लाभदायी रहनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका लागि गुरु ग्रह आठौँ र एघारौं भावको स्वामी हो। यो तपाईको दशौँ भावमा अवस्थित छ। करियरको हिसाबले यो समय तपाईको लागि लाभदायी रहनेछ। आकस्मिक धन लाभको योग बन्नेछ। यस अवधिमा कुनै नयाँ कामको सुरुवात गर्नु शुभ रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका जातकको लागि बृहस्पति पाँचौं र आठौं भावको स्वामी हो। गुरुको उदय तपाईको सातौँ भावमा हुँदैछ। करियरमा तपाईले राम्रो नतिजा हासिल गर्नुहुनेछ। यस अवधिमा व्यापारीहरूले राम्रो नाफा कमाउन सक्छन्। ससुरालीको पक्षबाट सहयोग मिल्न सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका जातकको लागि कुम्भ राशिमा बृहस्पतिको उदय पाँचौं भावमा भइरहेको छ। पाँचौं भाव करियर र विद्याको भाव हो। गुरुको उदय तपाईको लागि लाभदायक हुनेछ। प्रतियोगात्मक परीक्षाको तयारी गर्नेहरुका लागि यो समय वरदानभन्दा कम हुनेछैन्। गर्नेहरुका लागि यो समय शुभ रहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका लागि बृहस्पतिको उदय तपाईको राशिबाट दोस्रो भावमा हुँदैछ। तपाईको आर्थिक पक्ष मजबूत हुनेछ। यो समयावधिमा धन लाभका थुप्रै अवसरहरु प्राप्त हुनेछन्। घरपरिवारमा देखिएको समस्याको अन्त्य हुनेछ। स्वास्थ्यको हिसाबले शुभ समाचार प्राप्त गर्नुहुनेछ।