अस्तायो ग्रहहरुको राजकुमार बुध ग्रह, ३ राशिलाई सुरु भयो कठिनाईको घडी

काठमाडौँ : वैदिक ज्योतिष अनुसार ग्रहले राशि परिवर्तन गर्दा या ग्रह अस्ताउँदा त्यसको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। बुधलाई बुद्धि र व्यापारको दाता मानिन्छ। गत चैत्र ४ गते(१८ मार्च) फाल्गुण शुक्लपक्षको पूर्णिमाको दिन बुध अस्ताएको छ। बुधको सम्बन्ध व्यापार, संवाद, चलाखी र तर्क संवादसँग हुन्छ। तसर्थ यो ग्रह गोचरको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। यस समयावधिमा १२ मध्ये ३ राशिका मानिसहरु अलि बढी नै सतर्क रहनुपर्नेछ। जान्नुहोस्, यी राशिको बारेमा : –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बुध अस्ताउनु तपाईको लागि कष्टकारी साबित हुन् सक्छ। तपाईको जीवनलाई अस्तव्यस्त बनाउन सक्छ। बुध तपाईको ११ औँ भावमा अस्ताएको छ, जसलाई आय र लाभको भाव मानिन्छ। तसर्थ, यस समयावधिमा तपाईको व्यापारमा कम मुनाफा मिल्नेछ। आयश्रोत घट्नेछ। व्यापारमा हुनै आँटेको सम्झौता अन्तिम समयमा आएर रोकिन् सक्छ। यस अवधिमा लगानी नगर्दा नै वेश हुन्छ। कार्यस्थलमा लक्ष्य पूरा गर्न असक्षम हुनुहुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिको दशौं भावमा बुध अस्ताएको छ, जसलाई काम र करियरको भाव भनिन्छ। यसकारण नयाँ रोजगारीका अवसरहरु गुम्न सक्छन्। कार्यस्थलमा कामको दबाब बढ्न सक्छ। वरिष्ठ अधिकारीसँग सम्बन्ध बिग्रिन् सक्छ। कार्यस्थलमा राम्रो काम गरे पनि प्रशंसा मिल्दैन्। मानसिक तनाव बढ्न सक्छ। व्यापारमा कम लाभ मिल्ने सम्भावना छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बुध ग्रह अस्ताउँदा तपाईको लागि अलि कष्टकारी साबित हुन् सक्छ। बुध देव तपाईको राशिको नवौँ स्थानमा गोचर गर्नेछ, जसलाई भाग्यको स्थान मानिन्छ। यस समयावधिमा भाग्यले तपाईलाई भरपूर साथ दिनेछ। बुध ग्रह अस्तको प्रभावले तपाईको बन्दै गरेको काम बिग्रिन् सक्छ। वैवाहिक जीवनमा तनावको स्थिति सिर्जना हुनेछ। यस अवधिमा कुनै व्यावसायिक यात्रा नगर्नुहोस्। धन हानिको सम्भावना रहनेछ ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अत्यन्तै भाग्यशाली हुन्छन् ३ राशिका युवती, बिहेपछि झन् बढाउँछन् सौभाग्य