काठमाडौँ : ज्योतिष शास्त्रमा १२ राशिबारे उल्लेख गरिएको छ। प्रत्येक व्यक्तिले यीमध्ये कुनै न कुनै एक राशिसँग सम्बन्ध राखेकै हुन्छन्। हरेक राशिका आ-आफ्नै विशेषता हुन्छ। अर्थात् हरेक राशिको आफ्नै खूबी हुन्छ। ज्योतिष शास्त्र अनुसार केही राशिका युवतीहरु धेरै चलाख हुन्छन्। साथै यिनीहरु भाग्यको मामिलामा पनि अरुभन्दा धेरै अगाडी हुन्छन्। यसबाहेक बिहेपछि यी युवतीहरु आफ्ना श्रीमानका लागि भाग्यशाली साबित हुनेछन्। आउनुहोस्, यी राशिका बारेमा जान्नुहोस्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका युवतीहरु निकै साहसी र निडर हुन्छन्। यस राशिको स्वामी मङ्गल ग्रह हो। ज्योतिषमा मङ्गललाई ग्रहको सेनापति मानिन्छ। मङ्गल ग्रहको प्रभावको कारण यी युवतीहरु रणनीति बनाउनमा निपुण हुन्छन्। साथै यिनीहरु बिना योजना कुनै पनि काम गर्दैनन्। यिनीहरुले साहसपूर्वक कठिनाइहरूको सामना गर्छन्। विवाहपछि यी युवतीको भाग्य अझ चम्किनेछ। यिनीहरु आफ्ना पतिका लागि पनि भाग्यशाली साबित हुन्छन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यस राशिका युवती गम्भीर स्वभावका हुन्छन्। यिनीहरुले हरेक काम जिम्मेवारीपूर्वक गर्छन्। मिथुन राशिको स्वामी ग्रह बुध हो। बुधलाई ग्रहहरुको राजकुमार भनिन्छ। यो ग्रहको सम्बन्ध वाणी, व्यापार, सङ्गीत, त्वचा र तर्क आदिसँग हुन्छ। ज्योतिष शास्त्र अनुसार विवाहपछि यस राशिका भाग्य तीव्र रुपमा बदलिन्छ। यसबाहेक यस राशिका युवतीले आफ्नो पतिको मन सजिलै जित्छन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
राशिचक्रको सबैभन्दा अन्तिम राशि मीन हो। मीन राशिको स्वामी ग्रह बृहस्पति हो। यस ग्रहको सम्बन्ध ज्ञान, उच्च शिक्षा, अध्यात्म आदिसँग हुन्छ। मीन राशिका युवतीहरु आफ्नो मान-सम्मानमा कहिल्यै सम्झौता गर्दैनन्। मीन राशिका युवतीको भाग्य विवाहपछि चम्किन्छ। यिनीहरुले आफ्नो ज्ञान र समझदारीले पतिसँगै परिवारका अन्य सदस्यको मन जित्छन्। यसका साथै यिनले पतिको सौभाग्य पनि बढाउँछन्।