रणदीप हुड्डाको जिन्दगीमा यस अभिनेत्रीले गरिन् इन्ट्री, शाहरुख खानको फिल्म गरिसकिन् काम

एजेन्सी : रणदीप हुड्डाले लगभग हरेक फिल्मलाई आफ्नो उत्कृष्ट जीवन्त अभिनयले भरेका छन्। अभिनय बाहेक रणदीप हुड्डा बीच-बीचमा आफ्नो प्रेम-जीवनको कारण चर्चामा रहन्छन्। यद्यपि उनी सधैँ आफ्नो व्यक्तिगत जीवनलाई लाइमलाइटबाट टाढै राख्ने कोशिश गर्छन्।

अहिले रणदीप हुड्डाको नाम एक युवतीसँग जोडिएको छ। यहीँ कारण रणदीप हुड्डा एकपटक फेरि पनि प्रेम जीवनको कारण चर्चामा आएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणदीप हुड्डा अहिले मोडेल लिन लैशरामलाई डेट गरिरहेका छन्।

लिन लैशराम पनि फिल्मी दुनियाँमा जोडिएकी छिन्। लिनले शाहरुख खानको फिल्म ओम शान्ति ओम, प्रियंका चोपडा स्टारर फिल्म म्यारी कम र रंगूनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। मोडलिङ जगतमा लिनको लोकप्रियता फिल्म इन्डस्ट्रीको तुलनामा लोभलाग्दो छ। सञ्चारमाध्यमहरुका खबर अनुसार रणदीप र लिन एक-अर्कालाई पछिल्लो ८ महिनादेखि डेट गरिरहेका छन्।

आजभन्दा पाँच वर्षअघि लिन लैशराम र रणदीप हुड्डालाई बक्सिङ खेलको मजा लिँदै गरेको देखिएका थिए। त्यतिबेलै यी दुईको अफेयरको अपवाह पनि उडेको थियो तर त्यतिबेला दुवैले प्रेम-सम्बन्धबारे मुख खोलेनन्। हालै रणदीप हुड्डाले शेयर गरेको एक तस्बिरमा लिन पनि देखिएपछि यी दुईको अफेयरको हल्ला चलेको हो।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१५:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘आधा वर्षीय शुभकामना’ भन्दै अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् छोरीको यस्ता तस्बिर !